पशुपतिनाथ पूजाको अन्तर्य



मोहनविक्रम सिंह ।

ओलीले पशुपतिनाथको पूजा गर्छन् भने त्यो उनको व्यक्तिगत धार्मिक स्वतन्त्रताको विषय हो । त्यसका लागि हामीले कुनै आपत्ति प्रकट गर्नुपर्ने आवश्यकता छैन । ओलीलाई हामीले कम्युनिस्ट मानेका छैनौँ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट उनको विचलन भइसकेको छ । त्यो अवस्थामा उनले पशुपतिनाथको पूजा गर्छन् भने पनि त्यो कुनै आश्चर्यको कुरा होइन । तर हाम्रो ध्यान उनले गरेको पशुपतिनाथको पूजा भन्दा बढी त्योसँग जोडिएको राजनीतिक पक्षतिर छ ।

ओली आफ्नो सङ्गठनमा र संसदीय दलमा समेत अल्पमतमा पर्ने स्थिति उत्पन्न भएपछि उनका अगाडि आफ्नो पदको रक्षाको प्रश्न गम्भीर रुपमा अगाडि आयो । खास गरेर उनको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्तिका कारणले उनका लागि व्यक्तिगत पद सबैभन्दा महत्वपूर्ण कुरा बन्न गएको छ ।

अब यो कुरा ओलीले राम्ररी बुझेका छन कि उनले संसदको विघटन गर्ने जुन कार्य गरे, त्यसले संविधानसित अलिकति पनि मेल खाँदैन । उनले वाह्य रुपले त्यसका पक्षमा जति शक्ति लगाए पनि उनको कदम असंवैधानिक भएको कुरा उनको आत्मले उनलाई बताइसकेको छ । उनको कदमका विरुद्ध देशव्यापी रुपमा आन्दोलन चलिरहेको छ । सबै संविधानविद्, बुद्धिजीवि र आमजनता समेतले उनको कदमलाई गलत ठहर्याइरहेका छन् र स्वयम् उनको पक्षमा भएका मानिसहरुले पनि संसदको विघटनको कार्य सही भएको कुनै तर्क दिन सकिरहेका छैनन् । त्यो स्थितिमा ओली वास्तवमा भित्रभित्रै आफ्नो पदको लागि सशंकित भएका छन् । त्यसैले आफ्नो रक्षाको लागि उनी पशुपतिनाथको शरणमा पुगेका छन् ।

तर त्यो वाह्य र प्रकट रुप मात्र हो । वास्तवमा त्यसरी उनी भारतका कट्टर हिन्दूवादी शासकवर्ग र राष्ट्रिय स्वयम्सेवक सङ्घ समेतको शरणमा पुगेका हुन् । पशुपतिनाथको पूजा गरेर उनले यो देखाउने प्रयत्न गरेका छन् कि उनी पनि हिन्दू धर्मका पक्षमा छन् । त्यसरी उनीहरूको अनुग्रह प्राप्त गरेर उनले आफ्नो रक्षा गर्ने प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यस सन्दर्भमा यो पनि प्रश्न उठाउने ठाउँ छ : उनको पशुपतिनाथ मन्दिर र भारतीय कट्टर हिन्दूवादी दिशाको त्यो दौडको क्रममा कहीँ उनी हिन्दूराष्ट्र र राजतन्त्रको पुनस्र्थापनासम्म त पुग्ने होइनन् ?
त्यो सन्दर्भमा यो पनि शङ्का गर्ने ठाउँ छ, गोयलसितको गोप्य वार्ता र त्यसपछि भारतका उच्चाधिकारी तथा भाजपाका नेताहरुसितको सिलसिलेवार वार्ताका पछाडि नेपाललाई हिन्दूराष्ट्र बनाउने वा गणतन्त्रलाई समाप्त गर्ने जस्तो कुनै समझ्दारी त भएको छैन ? अहिलेको पशुपतिनाथको पूजा त्यसैको पूर्व सङ्केत त होइन ?

यस सन्दर्भमा यो पनि उल्लेख छ कि राजावादीहरूले संसदको विघटनलाई स्वागत गरेका छन् र सर्वाेच्चमा संसदको विघटनको पक्षको वहसमा राजावादी अधिवक्ताहरु नै अग्रिम पङ्क्तिमा छन् ।

माथिका सबै कुराहरुले एउटा गम्भीर, अशुभ कुराको सङ्केत त गरिरहेका छैनन् ? ओलीले आफ्नो सङ्गठनभित्रको विवादमा विधान र बहुमतको निर्णयलाई नमान्ने, संसदको विघटनको सन्दर्भमा संविधानमा गरिएको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो जुन कार्यपद्धति अपनाइरहेका छन्, त्यसले गर्दा संवैधानिक वा राजनीतिक दृष्टिकोणले उनको स्थिति धेरै कमजोर भएको छ । त्यसको परिणामस्वरुप नै उनी आफ्नो रक्षाको लागि पशुपतिनाथको वा भारतका कट्टर हिन्दूवादी तत्वहरूको शरणमा जानुपरेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उनको व्यक्तिवादी र स्वेच्छाचारी चरित्रमाथि विचार गर्दा आफ्ना पद र महत्वकाङ्क्षा पुरा गर्नका लागि उनी कुनै हदसम्म पनि जान सक्नेछन् ।
त्यसरी पशुपतिनाथको पूजालाई खालि एउटा सामान्य धार्मिक अनुष्ठानको रुपमा मात्र नलिएर त्यसभित्र अन्तरनिहित राजनीतिप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर