‘सरकारमा बसेका र राज्यबाट सुविधापान गरेका व्यक्तिलाई पहिलो खोप लगाउनुपर्छ’



डा. रवीन्द्र पाण्डे ।

खोप सुरक्षित छ भनेर आम नागरिकलाई प्रत्याभूति दिलाउनको लागि जनताले विश्वास गरेका, सरकारमा बसेका, राज्यबाट सुविधापान गरेका तथा सेलिब्रेटीहरुलाई पहिलो दिनमा खोप लगाउने हो भनेकोरोना भाइरसविरुद्धको खोप लगाउन डराउने अवस्था हुँदैन |

अमेरिकालगायत विश्वका धेरै देशमा यस्तो प्रचलन छ | आम नागरिकलाई विश्वस्त बनाउनु सरकारको दायित्व हो |
कारणबश खोप लगाएका व्यक्तिको मृत्यु भएमा, दीर्घकालीन असर परेमा, हृदयाघात वा एनाफाइलेटिक शक भएमा बिमाको ब्यबस्था तथा उपचारको ब्यबस्था सरकारले गर्नेछ भनेर अग्रिम घोषणा गर्नु उपयुक्त हुन्छ |
.
आम नागरिकमा ( स्वास्थ्यकर्मीहरुमा पनि ) खोप लगाउने कि नलगाउने भनेर दुबिधा भएको छ | यस्तो दुबिधा नेपालमा मात्र हैन, संसारमै भएको छ |
.
हामी सबैले खोप लगाउनु पर्दछ तर सरकारले सुरक्षित छ भनेर प्रत्याभूति दिनुपर्दछ | प्रत्याभूति प्रमाण, ब्यबहार तथा आफैले खोप लगाएर दिन सकिन्छ |
.
२०२१ कोरोना भाइरसको म्युटेसन र खोपको बर्ष हो | अर्थात त्रास र आशाको बर्ष हो | तर्क बितर्क वा समर्थन बिरोध तथ्यको आधारमा गर्यौं भने समाधानमुखी हुनेछ | कन्स्पिरेसी थ्योरी वा हल्लाको पछि लाग्यौं भने आम जनतामा भ्रम हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको