केही नयाँ सोच्नुहोस्, सबैले सबै ठाउँमा प्याच–प्याच बोल्नुपर्छ र ?



नारायण गाउँले ।
उसो त साह्रै अजासु बनेर जहाँ पायो त्यहाँ सुझाव दिने आफ्नै बानी सुधार गर्न सकिएको छैन । र, पनि नेपाल प्रचण्डवाला नेकपालाई एउटा सानो सुझाव नि ! इमान र नियत भन्ने त त्यस्तै हो, तपाईंहरूसँग प्रशस्त मुद्दा र एजेन्डा छन् । तर, तपाईंहरूसँग बोल्ने विषय र कला भने सकिए जस्तो छ ।

केही नयाँ सोच्नुहोस् ! सबैले सबै ठाउँमा प्याच–प्याच किन बोल्नुपर्छ र ? अब यसै पनि आफूलाई पुग्ने गरी सबैले सबै कुरा बुझिसकेका छन् । देश, सुशासन र संविधानकै चिन्ता हो भने ४० उमेरको पुस्ता अगाडि सार्नुहोस् र हामी कुर्सीको लाइनमा छैनौं भन्नुहोस् !
कम्तिमा माइक देख्यो कि आफैं बोल्नुपर्ने लोभ त सुधार गर्न सकिन्छ नि ! चुनाव त होइन यो । एउटा सभामा एक जनामात्रै बोल्नुहोस् न । जति धेरै बोल्यो त्यति गल्ती हुन्छन्, बोली पनि त्यति नै पातलो हुन्छ ।

उही नेता, उही गन्थन, उही व्यक्तिगत आक्षेप, उही तर्क..सुन्दा सुन्दै दिक्क लाग्दो हुँदो रहेछ । यस्तै हो भने ओलीको चतुर बोली र शासनसत्ताको साधनस्रोत अगाडि तपाईंहरू चारै खाना चित् हुने देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,