कहिले सुध्रिएला नेपालको शासन र प्रशासन ?
भीम उपाध्याय ।
प्रविधि प्रणाली गुणस्तरहीन भयो भने मानिस नयाँ नयाँ प्राविधिक प्रणालीमा विश्वास गर्दैनन् । यसले गर्दा नयाँ चुस्त स्मार्ट प्रणाली स्थापित हुन बाधा दिन्छ। नया‘ प्रविधि प्रयोग नगरी सेवा सुविधा गुणस्तरीय र तिब्र स्मार्ट हुन सक्दैन। यही माकुरी जालमा नेपालको शासन र प्रशासन फस्दै आएको छ ।
सरकारका वेबसाईटहरूको बिजोग छ । सरकारी निकायका पदाधिकारीहरू सोसल मिडियामा अघि नै सर्दैनन्। मिडियाहरू आआफ्ना स्वार्थ वा आग्रह पूर्वाग्रहमा लेख्छन्, बोल्छन्।
सरकारका अनलाईन पोर्टलहरू अलिकति लोड पर्यो कि थचक्कै बस्छन् । त्यसको प्रत्यक्ष गुनासो गर्ने वा सुन्ने माईबाप कोही हुदैनन् । झन् त्यस्तो बेला पारेर सबैजसो सरकारीका कथित जिम्मेवार भनाउँदाहरू झन् गैरजिम्मेवार हुँदै दुला पस्छन् ।
फोन उठ्दैन, उठेपनि जवाफ पाइँदैन । हाकिम नै मेचमा हुँदैनन् । मोबाईल नम्बर लुकाउँछन् । ईमेल हेर्दैनन् । टेक्स्ट एसएमएस वा मेसेज पठायो जवाफै दिँदैनन् ।
भेट्न गयो कार्यकक्षको ढोकाको नेमप्लेटमा ब्यस्त लेखेर छिर्नै दिँदैनन् । कसैगरी छिरे पनि अर्को कोठातिर जाउ भन्छन् । सूचना अधिकारी र प्रवक्ता नामका अफिसरहरू जन्तु जस्ता छन् । केही सूचना नै तिनसँग भएको हुँदैन, भएपनि लुकाउँदैमा आनन्द लिन्छन् । त्यसमाथि आफूलाई महाराज ठान्ने हाकिमहरू छन्, फ्रन्ट डेस्क सधैं खाली हुन्छ ।
डेटाबेस झिनमैं ह्याक हुन्छन् । मर्मत गर्ने ल्याकत सरकार भित्रको संयन्त्रमा हुँदैन । टिप्पणी लेखेर शासन गर्नमै मोज छ । सबै बिस्तारै हुन्छ, हुँदैछ, पहिलेका सरकारहरूले के नै लछारपटार लगाएका थिए र ? भन्ने उही पूराना अनुहारका नयाँ सरकारका पात्रहरू आफ्नै मुखमा थुकेको पत्तो पाउन्नन् ।
बिजुली वा टेलिफोनको भर पर्यो भने सात गाउँ बाढीले डुबिसकेको हुन्छ। । अनि त, सरकारको कुनै पनि बाचा वा आह्वान गधाले पनि सुन्दैनन्, मूसोले पनि पत्याउन्न ।
त्यसमाथि घुसैघूस शासन प्रशासन मशिनरीको लुब्रिकेन्ट बनेको छ । समृद्धि भएकै छ । दुनियाँ हास्ने, हसाउने काम हुनु कम्ता काम हो र !