संविधान जलाएर त्यसको उज्यालोमा सम्राट बन्न पाइन्छ !



रञ्जनकुमार दाहाल ।
१. संविधान जलाएर त्यसको उज्यालोमा सम्राट बन्न पाइन्छ ।

२. महामारीको पीडामा छटपटाएका नागरिक छन्, तर न भ्याक्सिन, न राहत, अर्थतन्त्र तहसनहस, हातमुख जोड्न कठिन, तर एउटाको बेतुके जोक र त्यसको जवाफमा अर्कोले बेतुके भाषण दिन पाइन्छ ।

३. किसानले न बिउ र मल पाउँछन्, न बेचेको बालीको मोल पाउँछन्, उस्तै परे किसानलाई बाली बेच्ने बेला हिस्स बनाउन पाइन्छ ।

४. देशमा विदेशमा नेपालीका दुःख हजारौं छन् । तर हरेक दिन छ लास भित्राउन पाइन्छ ।

५. जसरी हुन्छ, सबैले जनतालाई भेडा जस्तो सोचेर जनता साथमा छन् भनेर झुट बोल्न पाइन्छ ।

६. विपक्षी पार्टीले अब केही नगरि चुनावमा खँुदो पल्टिने भयो भनेर रमाउन पनि पाइन्छ ।

तर, फोहोरी राजनीति सबैलाई नशा भएको छ, हरेक दिन दुई पेग पिउनै पर्ने जस्तो भएको छ ! इन्जिनियर हुन् या वैज्ञानिक, प्राध्यापक हुन् या भूपू सचिव, वकिल हुन वा पूर्वन्यायाधीश, शिक्षक हुन् या विद्यार्थी सबैमा यसको नशा छ । पावर, पैसा र पाखण्डको जोर चलेको छ । सबै अन्धाधुन्द कुदेका छन् ।
तर अचम्म, यो सबै पढी सक्दा यो मान्छे कुन गुटको वा पार्टीको भनेर सोच्ने बाहेक अरु हामीलाइ केही गर्न पनि आउँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा