विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका ६ वटा रहस्य



जस्टिन रोल्याट
बीबीसी न्यूज ।
अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी रहेको छ । विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो ।
उनको सफलताको रहस्य के हो? केही वर्षअघि मैले यसै विषयमा कुराकानी गर्दै उनीसँग करिब एक घण्टा बिताएको थिएँ ।
उनको सफलतालाई बुझ्न हामीले उक्त अन्तर्वार्तालाई प्रकाशित गर्ने निर्णय गर्यौँ।

व्यापारमा सफल बन्न इलोन मस्कले अपनाएका सफलता सूत्रहरूः

१. यो पैसासँग सम्बन्धित होइन

यो व्यापारप्रति मस्कको केन्द्रीय प्रवृत्ति हो । सन् २०१४ मा मैले उनको अन्तर्वार्ता लिँदा उनले आफू कति धनी थिएँ भन्ने आफैँलाई थाहा नभएको बताएका थिए । उनले भनेका थिए, ‘कहीँ नगदको खात छ भन्ने होइन। यो त्यति मात्र हो कि मसँग टेस्ला, स्पेसएक्स र सोलारसिटीका लागि केही मतहरू छन् र बजारमा ती मतका मूल्य छ।’

उनले धनले मात्र आफूलाई नतानेको बताएका थिए । उनको यो दृष्टिकोणले वास्तवमै काम गरिरहेको देखिन्छ । विशेषगरी उनको विद्युतीय कार कम्पनी टेस्लाले राम्रो गर्यो । गएको एक वर्षमा यसको सेयर मूल्य बढेर ७०० अर्ब डलरभन्दा बढी भयो । यसै वर्ष ५० वर्ष लागेका मस्कले चाहिँ आफ्नो धनी व्यक्तिकै रूपमा मृत्यु हुने ठानेका छैनन् । उनी आफ्नो अधिकांश पैसा मङ्गल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् र त्यसका लागि उनको सम्पूर्ण भविष्य सकिए पनि आश्चर्यचकित हुने छैनन् । वास्तमा उनले बिल गेट्सले जस्तो अर्बौँ रकम ब्याङ्कमा राखेर जीवन समाप्त पार्ने छैनन् । उनी गेट्सले राम्रो कामका लागि रकम खर्च नगरेर असफल भएको रूपमा हेर्छन्।

२. आफ्नो इच्छालाई पछ्याउनु
मङ्गल ग्रहमा आधार बनाउने योजनाले मस्क कसरी सफलतामा विश्वास गर्छन् भन्ने सङ्केत गर्छ । उनले मसँग भनेका थिए, ‘तपाईँ भविष्यका कुराहरू राम्रो हुन् भन्ने चाहनुहुन्छ। तपाईँ चाहनुहुन्छ ती रोमाञ्चक कुराले जीवनलाई उत्तम बनाउनेछन्।’

उनले आफूले अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग थप महत्वकांक्षा नभएकाले त्यसबाट निराश भएर स्पेसएक्स कम्पनी स्थापना गरेको बताएका थिए । उनले भनेका थिए, ‘म पृथ्वीभन्दा बाहिर जाने, मङ्गलमा एक व्यक्तिलाई खडा गर्ने, चन्द्रमामा एउटा आधार बनाउने र अन्तरिक्षमा लगातार उडानहरू भर्ने आशा गरिरहेको छु।’

त्यो हुन नसकेपछि उनी मङ्गल ग्रहमा एउटा सानो ग्रीन हाउसलाई पठाउने ‘मार्स ओयसिस मिसन’को योजना लिएर आए । त्यसले अन्तरिक्षबारे मानिसहरूलाई फेरि एकपटक उत्साहित बनायो र अमेरिकी सरकारले नासाको बजेट बढायो । त्यसपछि उनले समस्या इच्छाको कमीमा भन्दा पनि त्यसलाई कसरी गरिन्छ भन्नेमा रहेको थाहा पाए । अन्तरिक्ष प्रविधि आवश्यकताभन्दा बढी नै महँगो भएको थाहा भएपछि जन्मियो–विश्वकै सबैभन्दा सस्तो रकेट लञ्चिङ व्यापार। र, महत्वपूर्ण कुरा त के भने यसको उद्देश्य पैसा कमाउनु भन्दा पनि मङ्गल ग्रहमा मान्छेलाई उतार्नु हो ।

३. ठूलो कुरा सोच्न नडराउनु
मस्कका व्यवसायहरूको विचित्रको कुरा त्यसमा रहेको दुस्साहस हो । उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मङ्गल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन् ।

यी सबै कुराहरू सन् १९८० ताका बालबालिकाहरूका लागि प्रकाशित हुने पत्रिकाहरूमा भविष्यको कल्पना गरिएर लेखिएका कथाहरूमा पाइन्छन् । मस्क पनि त्यसलाई लुकाउँदैनन्। उनले दक्षिण अफ्रिकामा बालक हुँदा हेरेका फिल्महरू र पुस्तकहरूबाट आफू प्रेरित भएको बताए । उनी धेरै कम्पनीहरू न्यून महत्त्वाकाङ्क्षा रहेको ठान्छन् । उनी यदि कुनै कम्पनीको प्रमुखले सामान्य खाले लक्ष्य राखेर त्यो पूरा नभए पनि कसैले उसलाई दोष नदिने तर कसैले ठूलो उद्देश्य राखेर त्यो पूरा नभए उसलाई हटाइने दाबी गर्छन् ।

४. खतरा मोल्न तयार हुनु
मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन् । उनले सन् २००२ मा उनका सुरुका दुई वटा उद्यमहरू बिक्री गरेका थिए । एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्को अनलाइन भुक्तानी सेवा पेपाल थियो । त्यसबेला उनी ३० वर्षमा प्रवेश गर्दै थिए र उनीसँग ब्याङ्कमा करिब २० करोड डलर थियो । उनको उद्देश्य आधा भविष्यको व्यापारमा लगाउने र आधा बचत गर्ने थियो । तर त्यसले काम गरेन।

मैले उनलाई भेट्दा उनी आफ्नो व्यवसायका अँध्यारा दिनहरूबाट भर्खरै बाहिर आउँदै थिए । उनका नयाँ कम्पनीहरूले हर तरहका समस्याहरू भोगिरहेका थिए । स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो । त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन् ।  उनले पैसा लगानी गर्दै गए। ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुपर्यो।

के त्यसो भए उनलाई डुब्छु भनेर डर लाग्यो ? उनले आफूलाई त्यस्तो नलागेको तर आफ्ना छोराछोरीका लागि सरकारी स्कुलमा पढाउनु पर्ने हुनसक्छ भन्ठानेर एउटा स्कुलमा गएको बताए।

५. आलोचकको बेवास्ता गर्नु
मस्कको व्यापारमा सफलताको अर्को सूत्र हो–आलोचकको कुरा नसुन्नु । सुरुवातमा उनले स्पेसएक्स वा टेस्लाले कहिले कमाउलान् भनेर नसोचेको मलाई बताएका थिए। त्यसबेला अरूले पनि त्यस्तै सोचेका थिए । तर उनले सबै आलोचनाको बेवास्ता गरे र अघि बढे । उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन् । त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ ।

६. आफैँमा रमाउनु
यो सूत्रलाई पछ्याउनुस्, अलिकति भाग्यले साथ दियो भने तपाईँ धनी र चर्चित बन्न सक्नुहुन्छ। मस्क एकदमै धेरै काम गर्ने भनेर चर्चित छन् । टेस्ला मोडेल–३ का लागि उनले लगातार साता १२० घण्टा काम गरेको दाबी गरिन्छ । तर हामीले भेट्दा उनी आफैँमा रमाइरहेका थिए ।

उनी सामाजिक सञ्जालमा उनले व्यक्त गरेका अभिव्यक्तिहरूले पनि विवादमा आइरहन्छन् । सन् २०१८ मा उनले टेस्लालाई निजी बनाउने ट्वीट गरेर अमेरिकी वित्तीय नियामकसँग उल्झनमा परेका थिए । कोरोनाभाइरसपछि लगाइएको लकडाउनलाई लिएर पनि उनले त्यसको विरोध गरेका थिए । उनले आफ्नो नवजात छोराको अनौठो नाम राखेर पनि चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका