‘कुनै प्रजातन्त्रले जापान त कुनैले नाइजेरिया, अफगानिस्तान र नेपाल बनाइदिन्छ’



केशवप्रसाद भट्टराई ।
कुनै प्रजातन्त्रले मुलुकलाई बेलायत, जापान, जर्मनी र नर्वे बनाउँछ भने कुनै प्रजातन्त्रले मुलुकलाई कंगो, नाइजेरिया,अफगानिस्तान र नेपाल बनाइदिन्छ ।
१. करोडौं करोड मानिसको स्वतन्त्रता, सम्मान,सुरक्षा र प्रभुसत्तालाई उनीहरूको जीवनमा अनुभूत हुनेगरी स्थापना र व्यवस्थापन गर्ने प्रजातन्त्र सरल ,सजिलो र सस्तो व्यवस्था होइन ।
अत्यन्त जटील, कठिन र खर्चिलो व्यवस्था हो, प्रजातन्त्र !
मुलुकमा जति जनता छन्–ती सवैका अभाव र विकृति प्रजातन्त्रमा मिसिन पुग्दछन् ।
त्यसैले यो जटील र कठिन बनेको हो ।

२. तर ती सवैको सकारात्मक ऊर्जा, क्षमता, विश्वास र प्रेरणा प्रजातन्त्रमा जोडियो भने मुलुक बेलायत, अमेरिका, जापान, जर्मनी, फ्रान्स, नर्वे,डेनमार्क र स्वीडेन बन्दछ । त्यो जोड्ने काम नेतृत्वले गर्दछ –मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, पेशागत क्षेत्रको नेतृत्वले गर्दछ ।
अर्थात् नेतृत्वले आफूमा भएको उर्जा, विश्वास, क्षमता र उदारता को बलमा जनताको ऊर्जा,उदारता, विश्वास, क्षमता र प्रेरणाको नेतृत्व गर्यो भने देश जापान, जर्मनी, वेलायत आदि बन्दछ । तर आफूमा निहित हिंसा भावना , घृणा, लोभ,अभाव, कुण्ठा, संकीर्णता र स्वार्थान्धताले जनताका तिनै दुर्वलता र आभावको मात्रै नेतृत्व गर्यो भने मुलुक कंगो, नाइजेरिया, अफगानिस्तान र नेपाल बन्दछ ।

३. त्यसैले हेरिनु पर्ने कुरा हो ( कोही किन नेतृत्वमा आयो ? आउने चाहना राख्यो ? कुन स्वार्थ र प्रेरणाले नेतृत्वमा आयो ? कसको सहयोग र प्रेरणाले आयो ? कुन पृष्ठभूमिमा र कुन पृष्ठभूमिबाट आयो ? त्यसले प्रजातन्त्रको चरित्र निर्णय गर्दछ ।

४. एक थाल मासु च्युरा, एक दुई बड्को जाँड, एक दुई बोतल रक्सी र दुई चार हजारमा साटिने भोटको प्रजातन्त्र पनि यस्तै हो । इष्र्या, घृणा, भ्रम र उत्तेजनाको बलमा उभिने प्रजातन्त्र पनि यस्तै हो । सानोतिनो स्वार्थमा साटिने प्रजातन्त्र पनि यस्तै हो

५. आज आएर प्रजातन्त्र राज्यको औचित्य बनेको छ । शासनको वैधता बनेको छ । साथैमा प्रजातन्त्र त उन्नत साधना र चेतना हो । सामूहिक यज्ञ र तपस्या हो ! नेतृत्व त्यस्तो यज्ञको होता र जनता कर्ता हो । अनि मात्रै प्रजातन्त्र उत्कृष्ट व्यवस्था हो । नत्र यसमा निकृष्ट व्यवस्था हुने सवै चरित्र विद्यमान हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४

सुदूरपश्चिममा नयाँ ट्वीष्ट, एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका नेता