संवैधानिक परिषद र प्रमुख प्रतिपक्षी दलका नेताको भूमिका !



शारदाप्रसाद त्रिताल ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेताले ‘भागेर’ होइन ‘भाग लिएर’ आफ्नो भूमिका निभाउनु पर्ने हो ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य रहने प्रावधान राख्नुका कारणहरु देहाय अनुसार हुन सक्छन्-

(क) संवैधानिक निकायहरुमा योग्य र इमान्दार व्यक्तिको नियुक्ति हुन सकोस् भनी खबरदारी गर्न,
(ख) संवैधानिक परिषदलाई प्रभावकारी बनाउन उपयुक्त रणनीति सहितका सुझावहरु प्रस्तुत गरी रचनात्मक भूमिका निर्वाह गर्न,
(ग) सत्ताधारीहरुले संवैधानिक निकायहरुलाई सत्ताको खेलौना बनाउन नपाउन् भनेर खबरदारी गर्न,
(घ) प्रमुख प्रतिपक्षीका सुझावहरु नमानी सत्ताधारीहरुले एकलौटी गर्न खोजेमा बैठकमा विरोध गर्न र त्यसबारेको वास्तविकता जनसमक्ष ल्याउन ।
३ अहिले के भइरहेको छ ?
(क) संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षीलाई राख्नुको उद्देश्यप्रति पूर्ण रुपमा वेवास्ता गर्ने गरिएको छ । कुनै रचनात्मक भूमिका निर्वाह हुन सकेको देखिंदैन ।

(ख) आफ्ना केही दाता वा चम्चेहरुलाई संवैधानिक निकायमा नियुक्ति गराउन वालुवाटार धाउनमा नै प्रमुख प्रतिपक्षी नेताको दिनचर्या हुने गरेको देखिन्छ ।

(ग) संवैधानिक निकायमध्ये पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो मान्छे पार्नै पर्ने अडानमा रहेर प्रमुख प्रतिपक्षी दलको रुपमा निर्वाह गर्नु पर्ने अरु सबै भूमिकालाई तिलाञ्जली दिएको अवस्था छ ।

(घ) अल्छी विद्यार्थीले गृहकार्य नगरेमा विरामी भएँ भनी घरै बसेजस्तो आफ्नो मान्छे पर्ने सम्भावना नदेखिएमा बैठक नै बहिस्कार गर्ने गरेको देखिएको छ ।

आफु प्रधानमन्त्रीको रुपमा बारम्बार संवैधानिक परिषदको अध्यक्ष भइसकेको व्यक्तिबाट त यस्तो व्यवहार देखाइन्छ भने शासकीय सुधारका सम्बन्धमा अरुबाट के आशा गर्ने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ