कोभिडले मात्रै मरेका छैनन् मान्छे



डा. अरुणा उप्रेती ।
कोभिडको समयमा आत्महत्या गनेहरूको संख्या एकदमै धेरै छ । तर, आमसञ्चारले कोभिडले मृत्यु हुनेको संख्या मात्र दिन्छ । कोभिडबाहेक अरु कारणले मृत्यु हुने पनि धेरै छन् । उनीहरुको चर्चा खासै हुँदैन । गर्भवती महिलाहरू सुत्केरी हुन नसकेर मरिरहेका छन् । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा धेरैले ज्यान गुमाएका छन् ।

कोभिड १९ ले गर्दा अहिले पनि हामी त्रसित छौँ । नेपालमा कोभिड सुरु भएको केही महिना सबैजना घरभित्रै बस्यौँ । म पनि बसेँ । पछि कार्यक्रम र अध्ययनको सिलसिलामा बाहिर निस्किएँ । असारदेखि मंसिरसम्म म लगभग १० वटा जिल्ला गएँ । मानिसहरूसँग भेटघाट गरेँ । भेटघाट गर्दा मास्क अनिवार्य लगाएँ । भौतिक दूरी कायम गरेँ । कसैसँग पनि हात मिलाउने काम गरिनँ । स्यानिटाइजरभन्दा सकेसम्म साबुन प्रयोग गरेँ । स्वस्थकर खानेकुरा खाएँ । तातो पानी र तातो तातो खानेकुराहरु खाएँ । गुर्जो, बेसार, मरिच, दालचिनी आदिको धुलो बनाएर तातो पानीसँग खाएँ । कागती पानी छुटाइनँ । जसको कारण आजको दिनसम्म मलाई कोभिडले आक्रमण गर्न सकेको छैन । मैले अहिलेसम्म पीसीआर टेस्ट गरेको छैन । जरुरी पनि ठानिन । अहिलेसम्म मलाई कोभिडको कुनै पनि लक्षण देखिएको छैन ।

‘कोभिड सर्ला किन बाहिर हिँडेको ?’ भनेर धेरैजनाले चिन्ता व्यक्त गरे । तर, मैले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिएँ । अबका दिनमा हामी कोभिडसँगै बाँच्नुपर्छ । यदि खोप नै आइहाल्यो भने पनि जीवनशैली परिवर्तन नगरी सुख छैन ।

हामीले कस्तो खालको जीवनशैली अपाइरहेका छौँ, कस्तो खानेकुरा खाइरहेका छौँ त्यसले पनि कोभिड लाग्नेरनलाग्ने फरक पर्दो रहेछ । यसको मतलब राम्रो जीवनशैली अपनाएकाहरूलाई कोभिड लाग्दै नलाग्ने भन्ने होइन । तर, त्यसबाट उत्पन्न हुने जटिलताहरू कम गर्न भने अवश्य मद्दत पुर्याउँछ ।

केही अघि म हप्तादिनको लागि लाङटाङ गएँ । लाङटाङमा जाँदा लगातार छ सात घण्टा हिँड्नुपरेको थियो । घुडा दुख्छ कि जस्तो लागेको थियो । तर, केही भएन । झन् एककिसिमको उर्जा मिल्यो । मानसिक तनाबबाट मुक्ति मिल्यो । गाँउघरमा मानिसहरूले कोभिडबारे खासै तनाब लिएको देखिएन । त्यहाँको गाउँमा कोभिड लागेर मृत्यु हुने पनि खासै भेटिएनन् ।

कोभिडले खानपानमा मानिसको चासो बढाएको छ । विभिन्न अध्ययनले शरीरमा भिटामिन-‘डी’ र भिटामिन–‘सी’ को कमी भयो भने रोगसँग लड्ने शक्ति कमी हुन्छ भन्ने देखाएको छ । कोभिड संक्रमणबाट बच्नका लागि अहिले धेरैले भिटामिन र जिङ्क चक्की किनेर खाइरहेका छन् । तर, त्यस्ता चक्की किनेर खानु पर्दैन । ति सबैकुरा हाम्रा खानेकुरामा पर्याप्त छन् ।

घाम ताप्यो भने भिटामिन‘डी’ पाइन्छ । भिटामीन ‘सी’को लागि हाम्रो घरमा भएका अमला, अम्बा, हलुवाबेद र टुसा उमारेका खानेकुरामा खाए हुन्छ । धेरैले अहिले च्यवनप्रास खान्छन् । च्यवनप्रासले रोगसँग लड्ने शक्ति बढाउँछ भन्ने छ । च्यवनप्राशको प्रमुख तत्व नै अमला हो । तर, हामी आफूसँग भएको अमला नखाइ महंगो च्यवनप्रास खान्छौँ ।

हामीले पत्रु खानेकुरा पनि खानुहुँदैन । पत्रु खानाले शरीरमा क्यालोरीमात्र बढाउँदैन रोगसँग लड्ने शक्ति पनि कम गराउँछ । शरीरमा हर्मोनल परिवर्तनहरू पनि ल्याउँछ । कोभिडको बेला मात्रै होइन भविष्यको स्वास्थ्यलाई पनि ध्यानमा राखेर पत्रु खानेकुराबाट बच्नुपर्छ ।
कोभिडबाट डराउने होइन, लड्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा