लघुकथा: गृहिणी



प्रभादेवी पौडेल
-“साहुजी त्यो रातो स्वीटरलाई कति हो?” -” पन्ध्र सय।” -“एक हजारमा दिन मिल्दैन ?” -“चौध सय पचास त आफ्नै परेको छ अब आफै बिचार गर्नुहोस्।” -“ऊ त्यो पल्लो पसलमा त एक हजारमा दिएको थियो अलि रङ मन परेन र छोडेर हजूरको पसलमा आएको मिल्छ भने मिलाउनु होस् क्यारे ।” -“उसो भए मिलाएर जहाँ पाहिन्छ त्यहिबाट लैजानुहोस्।” -“अनि त्यो जेन्स स्वीटरलाई कती नी साहुजी ?” -“त्यसलाई तेह् सय पचास।” उनी आफुलाई स्वीटर किन्न गएकी नकिनी फर्कीइन्। उताबाट पतिले हेरेर झ्याउ मानी रहेका थिए। घरमा जाँदा बाटोमा तरकारी मन्डिमा पसे दुबै जना। उनले धेरै पसल चाहर्दै मुल्य सोध्दै गरिन्।कति ठाॅउ मा त बार्गेनिङ गर्दा गर्दा एक रुपयाॅमा कुरा न मिलेर छाडी दिईन्। केहि तरकारी किनेपछि बुढाले भने ,-“बुढी यसो होटल तिर पसेर खाजा खाऊँ न है?” बुढाका कुरा सुनेर उनले भनिन्,-” हामीले याहाँ खाएको दूई जनाको खाजाको खर्चले घरमा छोराछोरी समेतलाई खाजा पुग्छ, केहि किनेर लैजाउॅ बाबा आमा बजार गएको थाहा पाएका छन् केटाकेटीले आशा गरेर बसेका होलान् बरु अघिपछिको भन्दा नौलो चिज लगिदिउँ, खाजा त मैले आउने बेलामा आँटा मुछेर आएकी छु बिहानको तरकारी छ बरु एक पोका दही र दुध लैजाऊ न है बुढा।” भन्दै उनी दुध डेरी तिर मोडिइन् ।उनको यो चाला देखेर भरत निक्कै रिसाएका थिए।

घर पुग्ने बित्तिकै उनी भान्छा कोठा तिर लागिन् । भरत पनि भान्छा कोठा तिर पसेर बुढीलाई भने, -” यतिको किचकिचे मान्छे त मैले यो दुनियामा देखेको छैन अब आइन्दा तिमी संगै कहिल्यै बजार जान्न यी कान समातेँ।” यो सुनेर उनले भनिन्, -“बजार गएर कुनै समान किन्दा पहिलो पसलमा किनी हाल्नु हुंदैन बुढा दूई चार पसलमा गएर भाऊ सोध्नु पर्छ।मलाई किन्ने भनेर हेरेको स्वीटर नितुले एघार सयमा किनेकी थिई त्यहि भएर मैले पन्ध्र सय हाल्न सकिन, हजुरले हिजो दुईहजार तिरेको स्वीटरलाई आज सोध्दा तेह् सय पचास भन्यो। हेर्नू त कति नाफा खाने रहेछन् देख्नुभयो? तरकारी पनि हजुरले आफै न छानेर पसले लाई जोखिदिनू भनि पैसा तिरेर हिड्नु हुन्छ पकाउने बेलामा आधा फाल्नु पर्छ, म एक रुपया नमिलेर धेरै बार्गेनिङ गर्छु हजुर कहिले काहिँ हजारौंको एकै पटक पिएर आउनु हुन्छ। आफै बिचार गर्नुहोस् बुढा हजुर को काम गराइको तरीका ठिक की मेरो ठिक, म भित्रीदा एउटा गतिलो ओढ्ने ओछ्याउने थिएन, डेराको बसाई थियो,जिरो बाट अघि बढेका हौं नी बुढा पुराना दिन फर्किएर हेर्नुहोस् त एकपटक? हजुरले मेरो हातमा पैसा दिनुहुन्थ्यो मैले पनि त्यसरी नै हार्र हुर्र गरेको भए हामी अहिले यो अबस्थामा आई पुग्दथ्यौ त?” उनका कुरा सुनेर भरतले उत्तर दिन सकेनन् ।

ठिक त्यही बेलामा उनका कुरा सुनेर भाडामा बस्ने आमाले भन्नु भयो , -“हो नानी तिमीले ठिक भन्यौ घर ब्यबहार राम्रो संग चलाउन धन कमाउने भन्दा पैसा समाउने सिपालु हुनुपर्छ, हर गृहिणी हुन त तिमी जस्तो।”
भरतपुर ९,चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय