कोभिडविरुद्धको खोप कति सुरक्षित ?



वेलायतका अस्पतालहरूले मानिसहरूलाई फाइजररबायोएनटेकले कोरोनाभाइरस विरुद्ध विकास गरेको खोपको पहिलो मात्रा दिन थालेका छन् । धेरै मानिसहरू तत्कालै खोप लिन इच्छुक भएपनि कतिपयले थाहा नभएको कुरा शरिरमा राख्नुपर्ने भएकाले चिन्ता व्यक्त गरिरहेका छन् ।

खोप सुरक्षित भएको हामीलाई कसरी थाहा हुन्छ ?
खोपको सुरक्षा सम्बन्धी प्रारम्भिक परीक्षण प्रयोगशालामा सुरु हुन्छ र त्यो जीवको कोष र जनावरहरूमा गर्ने गरिन्छ । त्यसपछि मात्रै मानवमा परीक्षण हुन्छ। सैद्धान्तिक रूपमा सानोस्तरको अध्ययन गर्दा त्यसमा कुनै सुरक्षा कैफियत देखा परेन भने मात्रै त्यो अर्को चरणमा प्रवेश गर्छ।

परीक्षणको भूमिका कस्तो हुन्छ?

सुरक्षासम्बन्धी प्रयोगशालाको तथ्याङ्क राम्रो भएको अवस्थामा वैज्ञानिकहरूले खोपको प्रभावकारीता जाँच्न सक्छन् । यसको अर्थ उनीहरूले ठूलो सङ्ख्यामा स्वंयसेवकहरूलाई खोप दिनसक्छन् । फाइजर र बायोएनटेकको सन्दर्भमा लगभग ४० हजार जना स्वयंसेवी खोपको परीक्षणमा सहभागी भएका थिए । परीक्षणका क्रममा स्वयंसेवकहरू मध्ये आधालाई वास्तविक खोप दिइन्छ र अर्को आधालाई प्लसीबो भनिने कुनै खराबी नगर्ने र औषधीय गुण नभएको पदार्थ दिइन्छ । पूर्वाग्रही परिणाम नआओस् भनेर अन्तिम परिणाम नआउन्जेलसम्म अनुसन्धानकर्ता र सहभागीलाई को कुन समूहमा छ भनेर भनिँदैन । सबै काम र निष्कर्षको स्वतन्त्र रूपमा जाँच गराइन्छ। कोभिडको खोपको परीक्षण द्रुत गतिमा भएपनि त्यसमा यी कुनै प्रक्रिया मिचिएका छैनन् । परीक्षणमा सहभागी हजारौँ मध्ये एक जनाको मृत्यु भएपछि कारण पत्ता लगाउन अक्सफोर्डरएस्ट्राजेनेकाको खोपको परीक्षण एक पटक स्थगित गरिएको थियो ।
खोपका कारण त्यसो नभएको प्रमाणित भएपछि परीक्षण फेरि अघि बढेको थियो।

खोप वा उपचार कसले स्वीकृत गर्छ?

खोप सुरक्षित र प्रभावकारी भएको भन्नेमा वेलायतमा सरकारी नियामक निकाय एमएचआरए सन्तुष्ट भएको खण्डमा त्यहाँ त्यसलाई प्रयोगको अनुमति दिइन्छ । खोपको कुनै नकारात्मक परिणाम नहोस् र दीर्घकालीन जोखिम नहोस् भन्नका लागि निरन्तर जाँच गरिन्छ । स्वतन्त्र विज्ञहरूको ’जोइन्ट कमिटी अन भ्याक्सिनेशन एण्ड इम्युनाइजेशन’ले खोपलाई कसरी राम्रोसँग प्रयोग गर्ने र कसलाई सुरुमा दिने भन्ने निर्णय गर्छ ।

कोभिडको खोपमा के छ?

फाइजर/बायोएनटेकको खोप (र मोडेर्नाको खोपले पनि) ’आनुवंशिक कोड’हरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ । यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ । अक्सफर्ड एस्ट्राजेनेकाको खोपमा कुनै जोखिम नभएको भाइरसलाई कोभिड(१९ निम्त्याउने सार्स कोभ २ जस्तै हुने बनाइन्छ । खोपलाई स्थिर बनाउन कहिले कहिले एलुमिनियम जस्ता पदार्थ पनि मिसाइन्छ।

के खोपले बिरामी बनाउँछ ?

सानो परिमाणमा यी तत्वको प्रयोग गर्दा त्यसले नोक्सान गर्ने कुनै प्रमाण फेला परेको छैन । खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन् । केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिन्छन् । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो । वेलायतको एमएचआरएले फाइजररबायोएनटेक खोपको परीक्षणको समयमा आफूले कुनै गम्भीर नकारात्मक प्रतिक्रिया प्राप्त नगरेको जनाएको छ । समाजिक सञ्जालहरूमा खोप विरोधी ’काल्पनिक कथा’हरू फैलाइएकाले सावधान हुनुपर्छ। ती पोष्टहरू वैज्ञानिक सुझावका आधारमा गरिएका छैनन् ।

विगतमा कोभिड भएको व्यक्तिले खोप लगाउनु सुरक्षित हो?

विगतमा कोभिड १९ भएपनि मानिसहरूलाई खोप दिइन्छ। किनभने प्राकृतिक रोग प्रतिरोधी क्षमता लामो समय नटिक्न सक्छ र खोप लगाउँदा थप सुरक्षा कायम गर्न सकिन्छ । पब्लिक हेल्थ इङ्गलण्डको निर्देशिकाले दीर्घकालीन कोभिड भएकालाई खोप दिदाँ समेत सुरक्षा चिन्ता नरहेको उल्लेख गरेको छ ।
तर अहिले कोभिड १९ भएका व्यक्तिहरूले सञ्चो नहुनजेलसम्म खोप लिनुहुँदैन ।

खोप कति जनावरमैत्री छन् ?

कतिपय खोपहरू जस्तै सिंगल्स विरुद्धको खोप वा केटाकेटीलाई दिने फ्लुको खोपमा सुँगुरको जिलेटीनको प्रयोग गरिन्छ । कतिपय खोपहरू कुखुराको अण्डामा वा भ्रुणको कोषमा विकास गरिन्छ । अहिले सैयौँ कोभिड १९ विरुद्धका खोपहरू विकास भइरहेका छन् । हामीलाई सबैमा कस्तो मिश्रण छ थाहा छैन तर धेरै कोभिडका खोपहरू शाकाहारी वा शाकाहारी(मैत्री रहेको अपेक्षा गरिएको छ ।

अरू सबैले खोप लगाए भने मैले नलगाउँदा पनि हुन्छ ?

खोप गम्भीर खालका सङ्क्रमणको विरुद्ध सर्वोत्कृष्ट रक्षाकवच भएको व्यापक वैज्ञानिक प्रमाणहरू छन् । कोभिड विरुद्धको खोपले मानिसलाई गम्भीर बिरामी बन्न नदिने र ज्यान जोगाउने लक्ष्य राखेको देखिन्छ । खोपका सुरुवाती मात्राहरू बढी जोखिममा रहेका र गम्भीर बिरामी पर्न सक्ने ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराउने भनिएको छ । खोपले सुरक्षा दिएर सङ्क्रमण मानिसहरूका कारण फैलनबाट कति रोक्नसक्छ त्यो प्रष्ट छैन । यदि राम्रोसँग त्यसो हुनसक्यो भने पर्याप्त मानिसहरूलाई खोप लगाउँदा यो रोगलाई सखाप पार्न सकिने थियो ।

मिशेल रोबर्टस,
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था

अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो

रेखा शर्मा । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको

४२ डिग्री सेल्सियस तापक्रममा बर्खाका लागि ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा रहेको महोत्तरीको प्रचण्ड रापसँगैको तातो हावाका