२७ वर्ष पुरानो भ्रुणबाट बालिकाको जन्म



मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भएपनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो । उनको भ्रुणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो ।

सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रुण अपनाएका थिए । मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रुणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन् । यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन् । टिना गिब्सनले आफूहरु यसबाट औधी खुसी भएको बताइन् ।

‘पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ’ उनले भनिन् । पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रुण दान लिएर बच्चा पाउन सकिने समाचार पढे ।

‘मेरा आमाबुवाले उक्त समाचार नदेखेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौँ,’ २९ वर्षीया टिना गिब्सनले भनिन् । टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन्। उनीहरूले नक्स्भिलस्थित नेशनल एम्ब्रियो डोनेशन सेन्टर (एनईडीसी) सँग सम्पर्क गरे ।

उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रुणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ । कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रुणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता निःसन्तान व्यक्तिले अपनाउन सक्छन् । उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रुण प्रयोग गरी शिशु जन्माउन सक्छन् ।

एनईडीसीका अनुसार अहिले अमेरिकाभरि अनुमानित १० लाख त्यस्ता भ्रुण सुरक्षित राखिएका छन् । १७ वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रुण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ । धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रुण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ ।

इच्छुक दम्पतीलाई कुनै भ्रुणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ। यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन् । दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ। गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विकल्प खुला थिए।

‘हामीले बच्चा कस्तो होला वा कहाँबाट आएको होला भन्ने बारे खासै सोचेनौँ,’ टिना गिब्सनले भनिन्। उनले एनीडीसीसँग परामर्श गरिन् । ‘हामी अलि साना छौँ त्यसैले भ्रुण रोज्दा पनि उचाइ र तौल हाम्रो जस्तै हुनसक्ने गरेर रोज्यौँ,’ उनले बताइन् ।

गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन्। दुवै भ्रुणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन् ।

एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रूण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो। तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो । अचेल एमाले बहिनी मलीलाई निकै माया गर्छिन् । एनईडीसीका अनुसार यसरी भ्रुणलाई कहिलेसम्म सुरक्षित राख्न सकिन्छ भन्ने कुनै समयसीमा छैन। आईभीएफमार्फत् विकसित भ्रुणबाट पहिलो जन्म सन् १९८४ मा अस्ट्रेलियामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी फिर्ता ल्याइयो अमेरिका पुर्याइएका पुरातात्विक महत्वका २४ वटा मूर्ति

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको

इरानद्वारा गार्डहरूले यौन दुर्व्यवहार गरी किशोरीको हत्या गरेको रिपोर्टलाई अस्वीकार

महसा अमिनीको मृत्युपछि सन् २०२२ मा भएको विरोध प्रदर्शनमा रिभोल्युसनरी गार्डहरूले यौन दुर्व्यवहार

गाजा युद्धविरामको प्रस्तावको अध्ययन ‘सकारात्मक भावना’ बाट भइरहेको हमासको भनाइ

  हमासका प्रमुख इस्माइल हानियेहले हमासले गाजामा करिब सात महिनादेखि जारी युद्धमा ‘सकारात्मक

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र २६ दशमलव नौ प्रतिशतले सङ्कुचित