सीमा सुरक्षा र अपराध नियन्त्रणमा लाग्न सशस्त्र प्रहरीलाई गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिएका हुन् ।

हालै बाहिनीपतिका रुपमा सरुवा भई त्यसतर्फ जान लागेका सशस्त्र प्रहरीका अधिकृतलाई आइतबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय काठमाडौँमा आयोजित समारोहमा गृहसचिव न्यौपानेले सशस्त्र प्रहरीका अधिकृत तथा जवानलाई उचित ढङ्गले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक भई खटिन अनुरोधसमेत गरे ।

उनले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले पुर्याएको योगदान र कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे । शान्तिसुरक्षा कायम गर्ने कार्यमा आइपर्ने विविध सुरक्षा चुनौतीलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायसँग आवश्यक समन्वयमा नचुक्नसमेत उनले आग्रह गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा सङ्गठनले लिएको लक्ष्य प्राप्तिका लागि तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकको उद्धारलगायतका जिम्मेवारीमा अहोरात्र खटिएको बताए । खनालले गृहसचिवबाट भएका निर्देशनलाई सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीबाट अक्षरश पालना हुने प्रतिबद्धता व्यक्त गरे । गृह मन्त्रालयले हालैमात्र उपत्यका र विभिन्न जिल्लाका नौजना बाहिनीपतिको सरुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार फेर्ने माखेजालोमा दलका नेता फस्दै जाँदा जनतामा निराशा पैदा भयोः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

यसरी फिर्ता ल्याइयो अमेरिका पुर्याइएका पुरातात्विक महत्वका २४ वटा मूर्ति

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति

काठाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा