पार्टीका आयातित झण्डा बोक्नेहरू जनता हुने तर देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने चाहिँ कसरी हुन्छ र ?



नारायण गाउँले ।

पार्टीका आयातित झण्डा बोक्नेहरू जनता हुने तर देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने चाहिँ कसरी हुन्छ र ? तपाईं हामीलाई यिनको माग र नारा मन नपर्न सक्छ, हामी आफ्नो आफ्नो रङ्गका झण्डा बोकेर सड़कमा जान स्वतन्त्र पनि छौं ।

तर, यस्तो महाविपत्तिमा पनि लेनदेन, लुछाचुँडी र गालीगलौजसँगै चिट्ठी लेखेर बस्ने सरकार र केही झर्छ कि भनेर टुलुटुलु ढुकेर बस्ने प्रतिपक्ष देखेर हामीलाई गर्व लाग्यो भन्दैमा कसैलाई क्षोभ लाग्नै हुन्न भन्ने त हुँदैन नि !

तपाईं हामी सत्ता निकट हुनेलाई विश्व नै छक्क पर्ने खालको समृद्धि आएको होला तर बालुवाटारबाट खुमलटार या ईश्वर पोखरेलको कोटबाट कोटेश्वरसम्म पनि त्यो समृद्धि पुगेको छैन र दिनहुँको झगड़ा छ भने आम जनताचाहिँ सधैँ ताली ठोकेर बस्नुपर्छ भन्ने के छ र ?

आफ्नै देशको झण्डा बोक्नेलाई गद्दार, प्रतिगामी या दलाल देख्ने तन्त्र पनि लोकतन्त्र हुन्छ र ? सबै विचारको सम्मान र बहुमत विचारको कदर नै त हो लोकतन्त्र ! आजको व्यवस्था पनि जनताले नै ल्याएका हुन् । जनताले सहँदासम्म यो रहन्छ । नसहेको दिन अर्को व्यवस्था आउँछ । हिजो भर्खर त सड़कमा ओर्लिएका जनतालाई सम्मान र कदर गर्न भनेर यो व्यवस्था ल्याएका थियौं, आजै सड़कमा ओर्लिएका जनतालाई दलाल देखेपछि यस्तो व्यवस्थाको औचित्य के रह्यो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित

    फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा

इलाममा मतान्तर बढाउँदै सुहाङ, सुहाङले १० कटाउँदा कांग्रेसको ७ हजार ६२

काठमाडौं । इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६०