सरकारमा नजाने तर आवश्यक परे ओली सरकारलाई संसदमा समर्थन गर्ने रणनीति काङ्ग्रेसले अवलम्वन गरोस् !



केशवप्रसाद भट्टराई ।
१. मुलुकलाई सरकार चाहिन्छ । त्यसैले सरकारमा नगएर पनि संसदमा ओलीको पक्षमा काङ्ग्रेस उभिदिन सक्दछ । उभिनु ठिक हुन्छ ।
तर यो पाँच वर्षको लागि जनताले काङ्ग्रेसलाई सरकारमा जाने आदेश नदिएकाले सरकारमा नजानुको अर्थ प्रजातन्त्र, निर्वाचन र जनताको मर्यादा र सम्मान पनि भएकोले काङ्ग्रेस सरकारमा जानै हुन्न ।
अर्को निर्वाचनमा आफ्नो पूर्ण वहुमतको सरकारमा मात्रै उसको दृष्टि हुनु पर्दछ ।

२. ओलीले काङ्ग्रेस विरूद्ध जथाभावी भनेका छन् । त्यो कम्युनिस्ट चरित्र हो । ओलीको विकल्पमा को छन् त्यो पनि काङ्ग्रेसले हेर्नु पर्दछ । कथित जनयुद्धको क्रममा त प्रचण्डको पहिलो शत्रु नै काङ्ग्रेस थियो । त्यसलाई टाढाको कुरा मान्ने हो भने पनि शेरबहादुर नेतृत्वको सरकारमा रहँदा रहँदै, निर्वाचन गराउने सरकारको महत्वपूर्ण जिम्मेवारीमा हुँदाहुँदै प्रचण्ड हिजो तत्कालीन एमालेसँग निर्वाचनमा सहकार्य र पार्टी एकताको गृहकार्यमा लागेका हुन् ।

३. काङ्ग्रेसको समर्थनमा माधव नेपालको नेतृत्वको सरकार थियो । सरकारलाई समर्थन गरिरहेको दललाई कुनै जानकारी नै नदिई कसैले धम्की दियो भनेर उनी सरकार छोडेर भागेका ( राजिनामा दिएका ) हुन् र मुलुकलाई लामो समयसम्म काम चलाउ सरकार र राजनीतिक. अस्थिरताको दौरमा घचेटेका हुन् । आफ्नो सरकारलाई समर्थन दिइरहेको र सरकारमा सहकार्य गरिरहेको दललाई जानकारी नै नदिई राजीनामा दिनु कुनै राजनीतिक विधि, मर्यादा, नैतिकता र अनुशासन थिएन । त्यसैले यी दुवै सँगको काङ्ग्रेसको सहकार्यको अनुभव प्रीतिकर छैन । स्वच्छ सरकारको सवालमा पनि यी दुई तुलनात्मकरूपमा कुनै गतिला पात्र होइनन् ।

४. वैचारिक आधारमा अर्थात् सैद्धान्तिक आधारमा पनि नेकपा भित्र ओली पक्ष तुलनात्मक रूपमा बढी प्रजातान्त्रिक देखिन्छ । जुन पक्ष वा दल आफ्नो विचारमा निकट हुन्छ त्यससँगको सहकार्य भनेको आफ्नै विचार र मान्यताको सम्मान पनि हो । त्यसैले ओली सरकारका गलत क्रियाकलापको विरोध गर्दै संसदमा ओली सरकारको पक्षमा काङ्ग्रेसले आफ्नो समर्थन दिनु उचित र स्वीकार्य विषय हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना