के नेपालमा पढेर काम छैन ?



भीम उपाध्याय ।
धेरै पढेका वैज्ञानिक र प्राविधिक बिषयका पीएचडी वा पोष्टडक्टरेट गरेका मान्छेहरूको यहाँ नेपालमा केही काम छैन, धेरै पढेकाले यहाँ केही लछारपाटो लगाउन सक्दैनन् भन्ने नेताहरू र प्रशासकहरू सत्तामा बिराजमान भएको देश हो । प्रधानमन्त्री र मन्त्रीहरू नै पढेकाले केही गर्ने हैनन् भन्दै हिडेका पनि देखिएकै हो।

अहिलेको सरकारमा त झन् प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री या अर्थमन्त्री जस्ता महत्वपूर्ण पदहरूमा उच्च शिक्षा प्राप्त नगरेका र अन्य मन्त्रीहरू पनि कुनै धेरै राम्ररी मेहनत गरेर अब्बल दर्जामा उच्चशिक्षा पास गरेर पढेका पनि देखिदैनन् । उनीहरू ठिकै भन्छन्, हामी खासै नपढेकाहरूको लबेदाको फेर समाउदै लुरूलुरू पछि पछि लागेका पढेलेखेका पीएचडीधारीहरूको ताँती देख्नु भएको छैन र पनि भन्ने गर्छन् ।
त्यसैले नेपालका अब्बल वैज्ञानिक वा प्राविधिक पीएचडीहरू यहाँ ह्याबिट्याट नपाएर विदेशमा नै फर्केर आफ्नो बुद्धिको उपयोग गरिरहेका छन् । तिनले नेपाल बस्नका लागि त आफ्नो गिदी निकालेर अन्तै राख्नु पर्दोरहेछ भन्दा रहेछन् ।

बिज्ञान र प्रविधिमा पिएचडी गर्नेहरूलाई नेपालमा कुनै काम र जिम्मा दिने अवसर नै छैन, न उपयुक्त संस्था छन्, भएका सीमित सबै मासिसकेका छन् । ती कथित राजनीतिक नेताका पुच्छर डिग्रीधारीलाईनै जागिर दिनका लागि पुगेको हुँदैन । नेताहरूका वरिपरि गैरप्राविधिक र गैरवैज्ञानिक विषयका कामचलाउ पीएचडीहरू झिंगासरह भन्किरहेका देखिन्छन्, स्वाभिमान चकटीमुनि घुसारेर भए पनि ।

राजनीतिक वा संवैधानिक नियुक्तिहरू तिनले नै भरिएका छन् । तिनीहरू आफ्ना वरिपरि भन्केको देखेर नेताहरू त्यसै मखलेल हुन्छन् र कतै यसो तिनलाई मह चटाएर आफ्ना दास बनाउने गरेका छन् । हाम्रा अगाडि त्यस्ता पीएचडीहरू जाबो को हुन् र ? खै हामीले नपढे पनि भएभरका पद पड्काएकै छौं क्या रे ! पदमा पुग्न अनावश्यक त्यस्ता पढाईको के काम ? छैन काम भन्ठानेका हुन्छन्।

पैसा कमाउनका लागि कोही पढ्नै पर्छ भन्ने हुँदैन । तर मुलुक र जनता बलियो, सम्मानित, दिगो समृद्ध र समुन्नत हुनका लागि पढाईको विकल्प हुँदैन, छैन । पढैया नभएको वा नटिकेको मुलुक वा अर्थतन्त्र धनि नै भएछ भने पनि त्यो फोक्सो मासु हो, त्यसमा कुनै ताकत वा दम हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट