‘भरिया कहिल्यै मालिक हुन सक्दैन किनकी ऊ मालिककाे भरिया हाे’
सिरोज विजय कोइराला
भरिया कहिल्यै मालिक हुन सक्दैन किनकी
भारी अरू कसैकाे हाे ।
उसले राणा शासन फाल्याे ।
पञ्चायत फाल्याे ।
राजा फाल्याे ।
प्रजातन्त्र फाल्याे ।
उसले गणतन्त्र फाल्नेछ ।
धुजा-धुजा, छिया-छिया पारेर उसले निल्ने छ ।
प्रत्येक सगाेत्रीकाे हारमा यिनले विजय माला सगर्व पहिरिए ।
यिनलाई लाग्याे विजय यिनैले हाँसिल गरे ।
यि त फगत यज्ञमा डामेर छाेडेका घाेडाहरू हुन् ।
फगत भरियाहरू हुन् ।
यिनीहरू भ्रममा छन् ।
यिनलाई आफुले बाेकेकाे भारी आफ्नै हाे भन्ने भ्रम छ ।
यिनीहरू डडाल्नाे छाम्छन् र भारीकाे मालिक मै हुँ भन्छन् ।
तर यिनका डडाल्नाेमा भारी चढाएकाे मालिककाे
सुस्केरा दुर कहिँबाट यिनका कानमा सुस्कुराउँछ र
यिनीहरू आगं जुरूङ्ग गर्छन् र
मालिककाे कर्कस हुकुमकाे हुबहु तामेली गर्छन् ।यिनीलाई लागिराछ म मालिक हुँ ।
भरिया कहिले डाेकाकाे मालिक हुन सक्दैन ।
उ क्षणिक भ्रममा त रहन सक्छ ।
आफ्नै स्वामित्वमा रहेकाे वस्तु मेराे हाे भन्ने लाग्न सक्छ ।
तर त्याे सत्य हुँदैन ।
भरिया मालिकका अगाडि नतमस्तक हुन्छ र
सबै कुराे हुबहु बुझाउँछ ।
उ आफुले बाेकेकाे भारिकाे गाैरबका साथ किस्सा सुनाउँछ ।
उ भन्छ म कसरी भयङ्कर भरिया बनेँ ?
मालिककाे उसमाथीकाे निगाहमा उ कसरी गाैरवान्बित छ ।
उ बयान गर्छ उसले कसरी पुस्ता दर-पुस्ता मालिकका लागि भरिया तयार गर्याे
र
भरिया हुनुकाे गाैरबमा गम खान्छ ।
भरिया कहिले मालिक हुन सक्दैन किनकी
ऊ मालिककाे भरिया हाे ।
काेइराला पाेखरामा स्थापित युवा व्यवसायी हुन् भने उनी समाज सेवा र अध्यात्ममा समेत रूची राख्छन् ।