हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…
शारदाप्रसाद त्रिताल ।
हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए-
अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे । इमान्दार नेताहरुले देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने अवसर पाउने थिए ।
बाँकी फटाहाहरुमा पनि डर हुने गर्थ्यो र अहिलेको जस्तो हाकाहाकी भ्रष्टाचार गर्न अघि सर्दैनथे र भ्रष्टाचार गरिहालेमा अख्तियारले क्रमश: कारवाही गर्दै जान्थ्यो । भ्रष्ट नेताहरुको साथमा लागेर देशलाई कङ्गाल बनाउन सघाउने उच्च स्तरका कर्मचारीहरु पनि भ्रष्टाचारको अभियोगमा कारवाहीमा परिसकेका हुन्थे ।
योग्य र इमान्दार कर्मचारीहरुले सहज किसिमले काम गर्न पाउने थिए । देशको विकास निकै अगाडि बढिसकेको हुन्थ्यो ।
लोकतन्त्रको सुदृढिकरण भइरहेको हुन्थ्यो ।