‘दुर्गालाई’ अपमान गर्ने उखान हटाउने कि ?



डा. अरुणा उप्रेती ।

लामा–लामा वाक्यहरूको साटो एउटै उखान टुक्काले मनको भाव गजबसँग दर्शाउँछ । उखानहरूले हाम्रो बोलाइलाई ‘तिख्खर’ बनाउँछ । उखान टुक्काहरूले समाजमा भइरहेका चालचलन कस्ता छन् भन्ने पनि देखाउँछ ।

कति उखानहरू महिला/ जाति विशेष वा समुदायलाई अपमानित गर्छन् । महिला र समानताप्रति चेतना जागरुक भइरहेको सन्दर्भमा यस्ता उखान अप्रासंगिक भएका छन् । त्यसैले तिनलाई अब दैनिक जीवनमा परहेज नै गर्नुपर्छ । तर, कतिजनाले भन्छन् होला, ‘यस्ता उखान हटायो भने त हाम्रो साहित्यिक भण्डार सानो हुन्छ ।’ यस्ता नकारात्मक उखानले समृद्ध साहित्य गरेका छन् भन्नु फजुल हो ।

त्यसैगरी संस्कृति र संस्कारका नाममा अप्रसांगिक भइसकेका उखानलाई बोलचाल र लेखाइमा प्रयोग गर्दा नेपाली भाषामा ओज आउन्न । बरू यस्ता उखान प्रयोग गरिए पो ओज हराउँछ । त्यो त समय विरोधी हुन जान्छ । महिलाविरोधी सँगसँगै जात र समुदायविरोधी उखान पनि धेरै छन् । जस्तै :
‘तरुनी, बेस्से, सातवटा पोइ, मर्न लागि बेस्से कोही न कोही ।’
– ‘जब पर्यो राति अनि बुढी ताती ।’
– ‘अनुहार न दनुवार पोइ खोज्न थाली । ‘
– ‘आइ बुढी मच्चिँदै, गई बुढी थच्चिँदै ।’

महिलाहरू फाल्तु कुरा गर्नमात्र रुचाउँछन् र उनीलाई गम्भीर महत्त्वपूर्ण काममा साझेदारी दिनुहुँदैन भन्ने भाव यो उखानले दिन्छ– ‘आईमाईको पेटमा कुरा पच्दैन’, ‘रुद्रघण्टी नहुनेको विश्वास नगर्नू’ आदि ।

अन्धविश्वासलाई बढावा दिने, कुरीतिलाई मान्ने र त्यसमा पनि महिलालाई नै अपमान हुने उखान टुक्काहरू अहिले पनि कहिलेकाहीँ प्रयोग गरिन्छ जस्तै– ‘जो बोक्सी, उही सुँडेनी ।’ ‘कंगालको जात छैन, बोक्सीको गाउँ यसैगरी, महिलालाई वस्तुका रुपमा प्रस्तुत गर्ने, दुई अर्थ भएका, अश्लील, यौनिक तत्त्वहरू पनि समावेश भएका उखानहरू प्रशस्त छन् । यस्ता उखानले महिलालाई मनोरञ्जन, भोगको सामान बनाउँदै तल खसालेर हियाँउछन् । यस्ता उखानहरू कुनै पनि व्यक्तिले आफ्नो आमा, छोरी, बज्यैलाई प्रयोग गर्दैन होला । सामाजिक जीवनमा कुराकानी गर्दाचाहिँ यस्ता उखान टुक्काहरू सुनिहालिन्छन् । जस्तै– ‘बाह्र वर्षमा पोइ आयो, मै राँडीलाई ज्वरो आयो’, ‘मोहबत राख्ने स्वास्नी मानिसका सातवटा हुन्छन्’, ‘सुत् बुढी म…. ।’
छैन ।’ ‘चाहिँदा हावा, नचाहिँदा, बोक्सीको सास ।’

त्यसैगरी एकल महिलालाई ‘राँडी’ भनेर अपमान गर्ने उखान पनि छन् । ‘नामर्दको भर नपर्नु, राँडीको भोज नखानू’, ‘राँडीलाई पोतेको रहर’, ‘राँडीलाई ढोग्दा मैजस्तो होस् भन्छे’, ‘गरिबलाई दिउँला नभन्नु, राँडीलाई लैजाउँला नभन्नु ।’

यस्ता उखानहरू सहरमा त्यति नसुनिए पनि गाउँघरमा अझै पनि सुनिन्छन् । छोराछोरीमा भेदभाव गर्ने उखान त अहिले पनि जताततै प्रयोग गरिन्छ । जस्तै : ‘छोरा पाए खसी, छोरी पाए फर्सी ।’ ‘छोरी मरी, राम्रै घर परी ।’, ‘छोरा पाल्नु सहरमा, छोरी पाल्नु कुनामा ।’
छोरा र छोरीको विभेदले नेपाली समाज कतिसम्म जरो गाडेको थियो र छ भनेर घटना जनाउने उखान छ । कृष्णप्रसाद भट्टराईले २०४७ सालमा संविधान आएपछि भनेका थिए, ‘ढिलो भयो छोरै भयो, संविधान ढिलै आए पनि राम्रो आयो ।’

महिलाहरूको सम्बन्धमा विशेषगरी सासू बुहारीको सम्बन्ध त नराम्रै हुन्छ भन्ने विचारले धेरै उखान–टुक्का बनेका छन् । – ‘चोर्ने बुहारीलाई भण्डार सुम्पिनु’, ‘ठूलो गाँस नहाल् बुहारी, कण्ठश्री चुडिएँला’, ‘अर्घेली बुहारी पाहुनासित सुत्छे’, ‘उसै त बुहारी भटमास खाएकी’, ‘सासू परी परिपाठ गरी’, ‘गनगन गर्ने सासू, फनफन पर्ने बुहारी ।’

यस्ता उखानले सासू–बुहारीको सम्बन्धलाई हेय दृष्टिकोणले हेर्छन् । सासू ज्वाइँको सम्बन्धमा, ससुरा–बुहारीको सम्बन्धमा, ससुरा ज्वाइँको सम्बन्धमा यस्ता अपमानित गर्ने उखान टुक्का बन्दैनन् ।

, अहिलेको सामाजिक परिप्रेक्षमा सामन्ति पृष्ठभूमिबाट उब्जेका यस्ता उखानहरू अहिले प्रयोग गर्दा कुरीतिका पोषक, अन्धविश्वासको समर्थक भइन्छ । त्यसैले प्रयोग दैनिक जीवनमा नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र