कोभिडविरुद्धको खोप आएपछि छिट्टै बन्ला त जनजीवन सामान्य ?



कोरोनाभाइरस विरुद्ध प्रभावकारी हुने खोपले समेत आगामी वसन्त ऋतुमा पनि जनजीवन सामान्य नबनाउने वेलायतका वैज्ञानिकहरूको एउटा समूहले चेतावनी दिएको छ । खोपलाई प्रायः कोरोनाभाइरस महामारी अन्त्य गर्ने अचुक उपाय मान्ने गरिएको छ । तर ब्रिटेनको रोयल सोसाइटीका वैज्ञानिकहरूले संयुक्त रूपमा तयार पारेको एउटा प्रतिवेदनले कस्तो खोप कहिले उपलब्ध हुन्छ भन्नेबारे हामी यथार्थवादी हुनुपर्ने बताएको छ । उनीहरूले खोप आउन एक वर्ष लाग्नसक्ने भएकाले त्यसपछि प्रतिबन्धहरूलाई विस्तारै खुकुलो पार्नुपर्ने हुनसक्ने बताएका छन् ।
कति खोप बन्दैछन् ?
कोरोनाभाइरसविरुद्ध विश्वभरि हाल २०० जति खोपहरू विकास हुने क्रममा रहेका छन्। ती खोपहरू अत्यन्तै तीव्र गतिमा विकास र परीक्षण भइरहेका छन् । इम्पेरियल कलेज लण्डनस्थित न्याशनल हार्ट एन्ड लङ् इन्स्टिट्युटकी फियोना कली भन्छिन्, ‘खोपले सम्भवतः महामारी अन्त्य गर्नेछ भन्ने ठूलो आशा दिएको छ तर हामीलाई के थाहा छ भने विगतमा खोप विकास गर्दा कैयौँ असफलता हात लागेका छन्।’ वेलायत सरकारका विज्ञान सल्लाहकारसहित कैयौँलाई यो वर्षभित्रै केहीका लागि र अर्को वर्षको सुरुवात्बाट आम रूपमा नै खोप उपलब्ध हुनसक्ने आशा छ । यद्यपि रोयल सोसाइटीले भने यो लामो प्रक्रिया हुने चेतावनी दिएको छ । इम्पेरियल कलेज लन्डनका केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्राध्यापक निलय शाह भन्छन्, ‘जब खोप उपलब्ध हुन्छ त्यसपछि पनि एकै महिनामा सबैले खोप पाउँछन् भन्ने छैन, हामी ६ महिना वा ९ महिना भनिरहेका छैनौँ‘ एक वर्ष भनिरहेका छौँ।’ उक्त प्रतिवेदन अनुसार अझै अगाडि निकै धेरै चुनौतीहरू छन् ।

नयाँ प्रयोग
कोरोनाभाइरसको खोप बनाउन कतिपय नयाँ खाले खोजी पनि भएका छन् । जस्तो पहिले आम रूपमा उत्पादन नगरिएको आरएनए खोपबारे पनि अनुसन्धान भएको छ । त्यस्तै खोप होस् वा खोप राख्ने ’ग्लास भाइल्स’ दुवैका लागि कच्चा पदार्थहरूको उपलब्धताका बारेमा पनि चिन्ताहरू व्यक्त भइरहेका छन् । कतिपय खोपलाई माइनस ८० डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ । त्यसैले रेफ्रिजरेटरको क्षमताबारे पनि त्यस्तै कुराहरू भइरहेका छन् । प्राध्यापक शाह वेलायतमा मात्र मानिसहरूलाई खोप लगाउन वार्षिक रुघाखोकीका चलाइने खोप अभियानभन्दा १० गुणा तीव्र अभियान चलाउनु पर्ने अनुमान गर्छन् । त्यसका लागि कम्तीमा ३० हजार पूर्ण दक्ष स्वास्थ्यकर्मीले २४ घण्टा काम गर्नुपर्ने आवश्यकता हुन्छ । उनी भन्छन्, ‘मलाई के चिन्ता छ भने के पूरा प्रणालीले पर्याप्त सोचिहरेको छ ?’
प्रारम्भिक परीक्षणहरूले खोपहरूले मानव प्रतिरक्षा प्रणालीलाई उत्प्रेरित गरिरहेको देखाएका छन् तर यसले कोभिड १९ बाट पूर्ण सुरक्षा दिने प्रमाणित भइसकेको छैन ।

अनुत्तरित प्रश्नहरू

इम्पेरियल कलेजकै इम्युनोलोजी विभागका अध्यक्ष प्राध्यापक चाल्र्स बाङ्गम भन्छन्, ‘हामीलाई वास्तवमै थाहा छैन कि एउटा प्रभावकारी खोप कहिलेदेखि उपलब्ध हुन्छ । त्यो कति प्रभावकारी हुन्छ र महत्वपूर्ण प्रश्न भनेको कति चाँडै त्यसलाई वितरण गर्न सकिन्छ?’ यदि त्यो प्रभावकारी भयो भने पनि हामी पूर्ण रूपमा सामान्य जीवनमा फर्कन सक्छौँ भन्ने छैन । हामीले विस्तारै अन्य कुराहरूलाई सामान्य बनाउँदै लानुपर्छ । अझै खोप अभियान रणनीतिलाई प्रभावित गर्ने कैयौँ प्रश्नहरू अनुत्तरित नै छन् । अनुसन्धानकर्ताहरूले खोप लगाएपछि त्यसले लामो समयसम्म प्रतिरक्षा गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै समय लाग्छ । केही वर्षको अन्तरालमा हामीले खोप लगाइरहनु पो पर्ने हो कि भन्ने बारेमा पनि हामीलाई अझै थाहा छैन । युनिभर्सिटी अफ बाथका डा. एन्ड्र्यु प्रिस्टन भन्छन्, ‘खोपलाई स्पष्टरूपमा रामबाणका रूपमा चित्रित गरिएको छ र अन्ततः त्यसले हामीलाई उद्धार गर्छ भन्ने ठानिएको छ तर यो तत्कालको प्रक्रिया नहुनसक्छ।’ उनी देशमा भित्रनेका लागि खोप राहदानीको व्यवस्था पो गर्नुपर्छ कि भन्ने छलफल हुनुपर्ने बताउँछन् ।

जेम्स ग्यालहर
स्वास्थ्य तथा विज्ञान संवाददाता,बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

  काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न

दक्षिण कोरियाली विमान दुर्घटनामा १६७ जनाको मृत्यु भएको पुष्टि

सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट

बेथिति र अस्थिरता हटाउनु यो सरकारको उद्देश्यः प्रधानमन्त्री ओली

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पार्न