विश्वका दुई करोड ५१ लाख ४५ हजार मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख १२ हजार ६ सय ५७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ८७ हजार संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख ४१ हजार ७ सय २९ पुगेको छ । संक्रमितमध्ये २ करोड ५१ लाख ४५ हजार २ सय भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७६ लाख ८४ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७४ लाख ६ हजार नाघेको छ । यस्तै, २ लाख १० हजार ७ सय बढीको मृत्यु भएको छ भने ४६ लाख ४८ हजार ६ सय भन्दाबढी निको भएका छन् । छिमेकी मुलुक भारतमा ६२ लाख २३ हजार ५ सय १९ जना संक्रमित भएका छन् ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार ५ सय २९ पुगेको छ । संक्रमितमध्ये ५१ लाख ८४ हजार ६ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४७ लाख ८० हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४३ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४१ लाख ३५ हजार भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू