शिशुकक्षाका विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्डको सजाय



चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ युनलाई पक्राउ गरिएको थियो । अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीयम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ । ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ । अदालतले वाङलाई अनैतिक र दुष्ट भनेको छ ।

गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। यसले विश्वभरि समाचारमा स्थान पायो । त्यतिबेला प्रकाशित विवरणमा खाना खाएपछि २३ बालबालिकालाई बान्ता भएको र उनीहरू अचेत भएको उल्लेख छ ।

ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो । सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

विद्यार्थी व्यवस्थापनसम्बन्धी विषयमा आफ्नी सहकर्मीसँग विवाद भएपछि ती शिक्षिकाले अर्की शिक्षिकाका विद्यार्थीको खानामा नाईट्राईट हालिदिएको ठहर भएको उक्त पत्रिकाले जनाएको छ । अदालतका अनुसार वाङले त्यसअघि पहिला पनि मानिसलाई विष दिएको बताएको छ । उसका अनुसार अनलाइन माध्यमबाट नाईट्राईट किनेर उनले आफ्नै पतिलाई हालिदिएकी थिइन् ।

उनी सामान्य घाइते मात्र भएका थिए । विद्यालयमा भएको घटनामा मृत्यु भएका शिशुबारे थप जानकारी प्राप्त भएको छैन । ग्लोबल टाईम्सका अनुसार अदालतले वाङ अनैतिक र दुष्ट भएको र उनले गरेका अपराधका परिणामहरू अत्यन्तै गम्भीर भएका तथा उनी गम्भीर दण्डका लागि योग्य भएको सुनाएको थियो ।

चीनमा कति जनालाई मृत्युदण्ड दिइन्छ भन्ने कुनै तथ्याङ्क सरकारले उपलब्ध गराउँदैन । तर मानवाधिकारको क्षेत्रमा सक्रिय सङ्गठनहरूले त्यहाँ बर्सेनि हजारौँ मानिसलाई मृत्युदण्ड दिइने दाबी गरेका छन् । त्यहाँ विषालु सुई दिएर वा गोली हानेर मृत्युदण्ड दिइन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा सभामुखको कदम संविधान माथिकै ठाडो प्रहार भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति घोर निन्दा र

अशोक राई नेतृत्वको जसपालाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता

८४ को निर्वाचनपछि एमाले निर्णायक शक्ति बन्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालमा एमाले निर्णायक शक्ति

जसपाले भन्यो-नयाँ दल दर्ताको निवेदन अवैधानिक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ ।