थप १,३१३ जनामा कोरोना संक्रमण, १,४५५ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३१३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा तीन पुरुष र तीन महिला गरी थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । त्यस्तै पीसीआर १२,२६२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,४६४ जना रहेका छन् ।

आइसोलेसनमा १८,२८९ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप १,४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५१,८६६ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले