थप १,१५४ जनामा कोरोना संक्रमण, १,००५ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा थप ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १३ पुरुष र ३ महिला गरी थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा पीसीआर ९५३३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,४०३ जना रहेका छन् । आइसोलेसनमा १७,६११ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १००५ जना डिस्चार्ज भएका छन् । यासँगै डिस्चार्ज हुनेको संख्या ४७,२३८ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १९६ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा

युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र

वनमा डढेलो लगाएको आरोपमा काभ्रेमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी