‘बेलगाम ओलीको नाकमा नत्थी लगाउन सक्ने नेकपामा भएका एकमात्र नेता वामदेव नै हुन्’



भीम उपाध्याय ।
वामदेवले चुनाव हारेका हुन् तर धेरै मत पाएर दोश्रा भएका नेता हुन् केवल सामान्य सांसद जस्ता हैनन् । वामदेवले पाएको मतको संख्या अहिले भएका सांसदहरूमध्ये ९० प्रतिशतको मत भन्दा बढी छ । वामदेव सांसद भइसकेकाले अब उनलाई मन्त्री बन्ने पूर्ण संवैधानिक अधिकार छ, प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न कतैबाट रोकिदैन ।

वामदेव नेकपामा एक्सन ओरियन्टेड र हक्की नेता हुन् । वामदेव उमेरले नेकपामा सिनियरमोस्ट शीर्ष नेता हुन् । अहिले संघीय र प्रदेश सांसदहरूमा एक दर्जन सांसदहरू गत चुनावमा पराजित उम्मेदवार छन् । चुनावको नतिजाले नेता बन्ने हैन, सांगठनिक कौशल र क्षमताले मात्र बनिन्छ । पिलन्धरे नाम मात्रका नेताको नेपालमा कुनै काम छैन ।

वामदेवका अरू कुरा उनले नै जानून्, जनताले उनीबारे जस्तो धारणा बनाउन् तर वामदेव सुरूदेखि उनै वामदेव हुन्, म उनमा अहिलेसम्म कुनै परिवर्तन भएको देख्दिन ।

वामदेव मन्त्री बने भने अहिलेका कवाडी सबै मन्त्रीहरू र प्रधानमन्धी भन्दा तगडा ढंगले मन्त्रालय चलाउने छन् । बेलगाम ओलीको नाकमा नत्थी लगाउन सक्ने नेकपामा भएका एकमात्र नेता पनि वामदेव नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ