विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड नाघ्यो



अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीन करोड नाघेको जनाएको छ ।

चीनको वुहानमा गतवर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको तथ्याङ्कले देखाउँछ । कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ ।

हालसम्म त्यहाँ ६६ लाख ६९ हजार ३ सय २२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख ९७ हजार ५८९ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ ।

ब्राजिलमा १ लाख ३४ हजार १०६ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३ हजार १९८ जनाको मृत्यु भएको छ । रुस १० लाख ८१ हजार १५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ४४ हजार ४०० व्यक्ति सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

उत्तरी गोलाद्र्धमा पर्ने देशहरूमा हिउँद याम शुरू हुन लाग्दा नराम्ररी प्रभावित देशहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्न थालेको छ । डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लूगाले सङ्क्रमणमा देखिएको वृद्धिलाई सजग गराउने घटना को रूपमा लिइनुपर्ने बताए ।

उनका अनुसार विगत दुई साताभित्र युरोपेली सङ्घ (ईयू)का आधाभन्दा बढी सदस्य राष्ट्रमा नयाँ सङ्क्रमितको सङ्ख्यामा दुई गुणाले वृद्धि भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीको हत्या गर्न रुसद्वारा समन्वित दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

  युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा

‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय