१,२४३ जना डिस्चार्ज, थप १२४६ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयक अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललिपतुरमा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । तीन महिला र एक पुरुष गरी थप चार जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा थप १०,६४१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७८८३ जना रहेका छन् । आइसोलेसनमा १६,२४१ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार थप १,२४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १८२ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट