कानून मन्त्रालयद्वारा जघन्य अपराधविरुद्धको कानुन बनाउन छलफल सुरु



काठमाडौं । कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेशको मस्यौदा बनाउन छलफल सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलाई कारबाही गर्न नयाँ कानुन ल्याउन निर्देशन दिएसंगै मन्त्रालयले कानूनको मस्यौदा निर्माण गर्न सरोकारवालासंगको छलफल सुरु गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न निर्देशन दिएका थिए । मंगलबार मन्त्रालयका कानून निर्माणका लागि सरोकारवालासंग छलफल गर्दै कानूनमन्त्री डा शिवमाया तुम्वाहाम्फेले अध्यादेशबाट छिटो भन्दा छिटो कानून बनाईने बताइन् ।

उनले तीव्र गतिमा कानून निर्माणको काम भइरहेको भन्दै एसिडजन्य जघन्य अपराध विरुद्ध ऐनमा समेट्नुपर्ने बिषयमा छलफल गरिएको जानकारी दिइन् । पीडित पक्षलाई न्याय हुने गरि ऐन निर्माण गर्र्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा सरकोरवालाहरुले कडा भन्दा कडा कारवाही हुने कानून तर्जुमा गर्नुपर्ने बताएका थिए । छलफलमा महिला अधिकारकर्मी डा रेणु अधिकारीले पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने बिषयलाई कानूनमा नै उल्लेख गर्नुपर्ने बताइन् ।

त्यस्तै महिला, कानून र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले अन्य देशमा एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय भएपनि नेपालमा भने जन्मकैदको सजाय नै बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै छलफलमा सहभागी अन्य अधिकारकर्मीहरुले एसिडजन्य जघन्य अपराध विरुद्धको कानूनलाई बलियो बनाउन सके यस्ता घटनामा कमी आउने बताएका थिए । शारीरिक, मानसिक र सामाजिक लगायत बहुपक्षीय प्रभाव पार्ने घटनाका अपराधीको सम्पति रोक्का गरी पीडितलाई क्षतिपूर्ति समेत भराउने कानूनी प्रबन्ध गरिने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधनकाबारेमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विश्वप्रकाशको विमति

झापा  ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी

  काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु

अख्तियारको स्टिङ अपरेशनः विद्यालयका सहायक लेखापालसहित दुई जना ६५ हजार घुससहित पक्राउ

काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता

२० वर्षमा हात्तीको आक्रमणबाट दुई सय ७४ जनाको मृत्यु

भीष्मराज ओझा, काठमाडौं । पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण