पुजारीले यसरी लगे रातो मच्छिन्द्रनाथको मुर्तिलाई बुङ्मती



ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमती लगिएको छ । सोमबार आठ जना पुजारीले रातो मच्छिन्द्रनाथको मुर्तिलाई खटमा राखेर बुङमती लगेका हुन् । चारैतिर नाका बन्द गरेर प्रहरीले सुरक्षा दिएपछि अगाडि पछाडि विभिन्न थरीका बाजासहित लगिएको थियो ।

कोरोना महामारीका कारण यस वर्ष नरिवल खसाल्ने, जाउलाखेलमा पुर्याएर भोटो देखाउन र रथ तानेर पाटनका विभिन्न ठाउँ पुर्याउने परम्परा भने रोकिएको छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने तय भएको छ ।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोभिड– १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि भदौ १८ गते स्थानीय केही युवाहरूले प्रशासनको अनुमति बिना रथ तानेका थिए । सोही क्रममा प्रहरी र युवाबीच झडप भएको थियो । युवाहरूले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले क्षमा पूजा गरी रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे, काठमाडौँ  । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै

महोत्तरीको मनरासिश्वामा लुटेरा समूहद्वारा घरधनीको हत्या, लाखौं लुटपाट

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले