‘न्यायको मर्म कायम राख्न नसक्ने न्यायाधीश असक्षमताको आधारमा बहिरगमन हुनुपर्छ’



डा. युवराज संग्रौला ।

यी मेरा न्यायपालिका सुदृढीकरण अभियानमार्फत, नेपाल बारसँग माग हुन् । बारले अहिले एक्सन प्लान बनाइरहेको छ । बारका अध्यक्षको न्यायप्रतिको प्रतिबद्धतामा म विश्वास राख्छु । उहाँले मेरा भनाइलाई स्थान दिनुहुनेछ । यो देशको बारले कानुनी शिक्षामा कहिलेपनि सरोकार राखेन । त्यस्ता मञ्चमा कानुनका प्राध्यापकलाई कहिले पनि आमन्त्रण गरिँदैन । बोलाइहाले प्रोटोकलमा “प्राध्यापक“ लाई बारको निवर्तमान कनिष्ठ सदस्य भन्दा तल राखिन्छ । यसमा गुनासो गर्नुपनि छैन । कन्फुसियसले भनेका छन्, “इतिहास मानिसले आफना कर्मले बनाउँछ कसैका काँधाले होइन“। मेरा माग निम्न छन्, जो बारको प्लान अफ एक्सनमा परुन् ।

१. न्यायापालिकामा भ्रष्टाचार समाप्त हुनुपर्छ, बिसंगती समाप्त हुनुपर्छ र न्यायको मर्म कायम राख्न नसक्ने न्यायाधीश असक्षमताको आधारमा बहिरगमन हुनुपर्छ । न्यायाधीशका फैसला उल्टिएको रेकर्ड पुनः कायम हुनुपर्छ र फैसलाको मुल्यांकनसमेत गरि को सक्षम छैन भनी पत्ता लगाउन न्यायिक जाँचबुझ आयोग न्याय परिषदले गठन गर्नुपर्छ ।

२. न्यायापालिकामा रहेको केही कानुन व्यावसायीको सिन्डिकेट भत्किनुपर्छ र बारलाई राजनीतिक दलको भातृ संगठन बनाउने अहिलेको प्रवृत्ति समाप्त हुनुपर्छ ।

३. बारको विधान संशोधन गरि बारमा युवा कानुन व्यावसायीको छुट्टै शाखा रहने व्यवस्था गरिनुपर्छ । यो युग नयाँ पुस्ताको हो । व्यवसायमा बिशिष्टिकरण हुनुपर्छ र कन्टिनियुइङ्ग लिगल एजुकेसन शुरु गर्नुपर्छ ।

४. कानुन शिक्षालाई बार काउन्सिलसँग जोडि कलेजहरुको बहुपक्षीय मुल्यांकन हुनुपर्छ, गुणस्तरका बारेमा ।

५.  अदालतमा वकिलको बहस समय मुद्दालाई तोकिनु पर्छ र पहिला बहसनोट पेस नगरि बहस गर्न दिइनु हुन्न । बहस नोट पक्ष विपक्षलाई उपलब्ध गराइ, फैसला गर्दा न्यायाधीशले बहस नोटमा उल्लेखित तर्क किन अस्वीकार भयो वा स्वीकार भयो भन्ने विश्लेषणात्मक तर्काधार वा रिजनिङ्ग दिनु पर्छ ।

६. अदालत शुद्ध सफा मन र सक्षम दिमागले हुन्छ, पेशीको ढाँचाले होइन ।

अहिले चलेको अभियान यिनै कुराको खोजी हो । यो बारको अभियान हो । बारका सदस्यले गरेको अभियान दुत्कार्ने कार्य नगर्नुहोस् । अर्याल होटलमा पिजा, कयापुचिनो, अमेरिकानो, एक्सप्रेसो खाएको प्रमाणित गर्नुहोस्, अरु के गर्छन् थाहा छैन म उहाँको जुत्तामा पालिस लगाएर बस्ने नोकर हुन तयार छु । यी मेरा सरोकार प्लान अफ एक्सनमा छलफल हुन । अहिले शुरु भएको अभियानलाई बाँचुन्जेल उठाउने छु । मलाई बार, सरकार, न्यायापालिका वा अन्य कुनै पद चाहिएको छैन । शिक्षक हुँ सो हुनुमा गौरव गर्छु । अर्को जन्म हुँदोरहेछ भने फेरि पनि शिक्षक नै हुन मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न

लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी