थप १,२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१४४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,८०६ जना रहेका छन् । आइसोलेसनामा १४,४४८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहीबार थप १,८१८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३५,७०० पुगेको छ । आइसियूमा १६५ र भेन्टिलेटरमा २१ जनाको उपचार भइरहेको छ ।

यसैबीच कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंमा दुई पुरुष र एक महिला तथा चितवन र कपिलवस्तुमा एक एक पुरुषको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

  काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन

चार दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि

नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन् ।

के नेपाल हिन्दूराष्ट्र बन्न सक्छ ?

–रुक्मिणी पौडेल के नेपाललाई हिन्दूराष्ट्र बनाउन सम्भव छ ? एक जना राजनैतिक कर्मीले