आत्महत्या रोक्ने वैदिक सुझाव



डा. गोविन्दशरण उपाध्याय ।
विश्व स्वास्थ्य संस्थाकाअनुसार हरेक वर्ष करिव आठलाख मान्छेले आत्महत्या गर्छन् अर्थात् हरेक ४० सेकेन्डमा एकजना मान्छेले आफुलाई मार्छ | यस हिसावले विश्वमा हरेक दिन १२३ जनाले आत्महत्या गरेर आफ्नो भौतिक जीवन समाप्त पार्छन् | वदलिँदो जीवनशैली, मानसिक तनाव, निराशा, आर्थिक समस्या, विभिन्न महामारीको डर तथा अन्यधे धेरै कारणहरूले आत्महत्या गर्छन् | नेपालमा पनि हरेक दिन सरदार ७ जना मान्छेले आत्महत्या गर्छन् भन्ने विश्वास गरिन्छ | आत्महत्याको चर्को मूल्य हुन्छ | विज्ञहरूले एकजना मान्छेले आत्महत्या गर्दा लगभग १०० भन्दा बढी मान्छेहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुने तथ्यवारे इङ्गित गर्छन् | सरकारहरूका लागि आत्महत्या रोक्नु निकै चुनौतिपूर्ण छ |

नेपाल प्राचीनकालदेखि नै हिन्दू, जैन बौद्ध तथा किरातीहरूको वासस्थल हो | वेदका विचारहरू पढ्दा प्राचीनकामा पनि मान्छेहरूले आत्महत्या गरेर जीवन अन्त्य गर्दा रहेछन् र तेस्तो क्रियाकलाप तत्कालीन समाजलाई स्वीकार्य थिएन र तेसलाई “पाप” भनेर निन्दा गरिन्थ्यो भन्ने जानकारी पाइन्छ | आत्महत्याका सवालमा वैदिक संस्कृतिमा के-कस्तो अवधारणान् ? यस विषयमा मैले केही प्रमाणिक विचारहरू यहाँ प्रस्तुत गरेको छु |

वैदिक सभ्यता र संस्कृतिमा प्राचीनकाल देखिनै आत्महत्याको कठोर निन्दा गरिएको छ | हिन्दू धर्म र संस्कृतिले आत्महत्यालाई निरुत्साहित गर्छ | अथर्ववेदसहित अनेकौं ठाउँमा आत्महत्यालाई निरुत्साहित गर्ने अनेकौं कथनहरू उपलब्ध छन् | यी कथनहरू मध्ये सबै भन्दा पूरानो श्लोक अथर्ववेदमा आएको छ | संस्कृतमा लेखिएको यो श्लोक र तेसको अर्थ यसरी छ :

“असुर्या नाम ते लोका अन्धेन तमसावृताः। तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः || अर्थ – असुरहरू अर्थात् नराम्रो विचार, कर्म र गुण भएका व्यक्तिहरू निवास गर्ने ठाउँहरू अत्यन्त अध्यारो र फोहोर हुन्छन् | आफ्नो आत्मालाई मार्ने (आत्महत्या गरेर आफुलाई मार्ने व्यक्ति) आफुलाई मारेपछि उपरोक्त कमसल लोकमा जान्छन् अर्थात् नर्कमा जान्छन् |”

यो श्लोक पुन: सबैभन्दा प्राचीन ईशावास्योपनिषदमा समेटिएको छ | एघारबटा उपनिषद्को व्याख्या गरेका विश्वप्रसिद् अद्वैत सम्प्रदायका प्रथम आचार्यशङ्करले अथर्ववेद र ईशावास्योपनिषदमा (३) उल्लेखित आत्माहत्यालाई पाप हो भन्दै उल्लेख गरिएको श्लोकको व्याख्या गर्दै लेख्नुहुन्छ : “जुन सुकैले आत्माको घात गर्छ उनीहरू आत्मघाती हुन् | ती को हुन् ? ती अज्ञानी हुन् | उनीहरूले आफ्नो आत्माप्रति कसरी हिंसा गर्छन् ? अविद्या र अज्ञानरूपि दोषका कारण आफ्नो नित्य आत्माको तिरस्कार गर्छन् | आत्माघातजस्तो दोषका कारणनै ती जन्ममरणमा पर्छन् |” आत्महत्या गर्ने व्यक्तिको आत्मा अत्यन्त गहिरो अन्धकार भएको त तमोगुणले भरिएको कमसल लोकहरूमा पुग्छन् |
ईशावास्योपनिषदले आत्महत्याको निन्दा मात्र गरेको छैन अपितु आत्महत्याबाट जोगिन के कसो गर्नुपर्छ भन्ने सुझाव पनि दिएको छ |

१. सम्पूर्ण विश्वलाई परमात्माको विस्तार मान्नु – यदि मैले आफुमा ईश्वरको शक्ति र वासना फैलिएको अनुभूति गरें भने मैले आफुलाई मार्न चाहन्न किनभने ईश्वर अजरअमर र दयालु छ |

२. मृत्युपछिको जीवन : शरीरलाई मारेर जीवनको अन्त्य गर्दैमा दुख, कष्ट तथा पीडाहरू सकिन्नन् | भौतिक शरीरको अन्त्य गरेपछि नर्कमा गएर झन् कठोर दुखहरू भोग्नुपर्छ | अत: भविष्यमा आत्माले पाउने असंख्य दु:खहरूबाट जोगिन आत्महत्या गर्न हुँदैन |

३. असल कर्म गरेर १०० वर्ष बाँच्न सकिन्छ भन्ने भावना : वैदिक संस्कृतिमा हरेक मान्छेको आयु १०० वर्षको हुन्छ भनेर मानिएको छ | आफ्नो मानव जीवनमा (पशु जीवनहरू दुखमय छन्) स्वाभिमानी भावना राख्नुपर्छ र सयवर्ष बाँचेर असल कर्म गर्ने मनोवल बढाउनुपर्छ | एस्तो मनोबल बढेपछि मान्छेले आत्महत्याजस्तो पापकर्म गर्दैन |

४. आत्मतत्व मर्दैन भन्ने चेतना : शरीर मरेपछि सबै दुखहरूको अन्त्य हुन्छ भन्ने सत्य होइन | आत्मा अजरअमर छ | जव अजरअमर आत्मा मर्ने सक्दैन भने हामीले आत्माको घर शरीरको अन्त्य गरेर कुनै प्रकारको लक्ष उपलब्धि गर्न सक्दैनौं |

५. आत्मतत्व नै सबैभन्दा नजिकको मित्र हो भन्ने विश्वासलाई बलियोसँग स्वीकार गर्ने अभ्यास गर्दा आत्महत्या निरुत्साहित हुन्छ |

६. सम्पूण विश्वमा आफ्नै आत्मा फैलिएको अनुभव र विश्वासको अभ्यास गर्ने व्यक्तिले आफ्नो आत्मालाई समेत हिंसा गर्न सक्दैन | यदि कसैले आफ्नो शरीर नष्ट गर्छ भने उसले एउटा सानो विश्वनै मासेको पाप गर्छ |

वैदिक संस्कृतिमा आत्महत्याको निन्दा गरिएको छ | वेद र उपनिषदहरूले निकै व्याबहारिक रूपमा आत्महत्यालाई निरुत्साहित गर्न व्यक्ति स्वयंले (आध्यात्मिकतहमा) आफुले विश्वलाई प्रतिविम्वित गर्ने र विश्वले आफुलाई प्रतिविम्वित गर्छौं भन्ने विश्वासलाई बलियो बनाउनुपर्छ | शरीरको निर्माता शरीरधारी आफै होइन तेसैले आफुले निर्माण नगरेको वस्तु (शरीर) नष्ट गर्ने विचार र नष्ट गर्नेकार्य दूवै पाप हुन्छन् भन्ने वैचारिकतहमा विश्वास स्थापित गर्दा आत्महत्या निरुत्साहित हुन्छ | व्यक्ति आफै आत्महत्याको विचार र क्रियाबाट निरुत्साहित हुन्छ र जीवनप्रति विश्वास गर्न थाल्छ |

हरेक दिन अनेकौं व्यक्तिहरूले आत्महत्या गरेर आफ्नो जीवनको अन्त्य गरिरहेका छन् | आफ्नो अमूल्य जीवनप्रति अन्याय गरिरहेका छन् | हामीले उपरोक्त वैदिक संस्कृतिका आत्महत्यालाई निरुत्साहित गर्ने विचार र सुझाउँहरुलाई जनजनतहमा पुर्याएर अनेकौंको जीवन जोगाउन सकिन्छ र जीवन प्रति सकारात्मक चेतना स्थापित गर्न सकिन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षामा परिवार

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार

पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियाको चान्टिलीमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ