यदि हाम्रो अशान्तिको स्रोत आध्यात्मिक-खोज हो भने हामीले आफ्नो अन्तर्जगतमा खोज्नुपर्छ



डा. गोविन्दशरण उपाध्याय ।

शिवोऽहम् शिवोऽहम्
शिवको अर्थ हो शान्त | मलाई थाहा छ, मेरो मन होस् वा बुद्धि अशान्त छ | मैले अशान्तिलाई स्वागत गरेको छु किनभने अशान्तिबाट नै शान्तिको बारेमा थाहा पाएँ | हामीले अशान्तिको साक्षात्कार गरिरहेका हुन्छौं तर तेसको कारण थाहा पाएका हुँदैनन् | मन पोल्छ तर पोलाईको स्रोत थाहा हुँदैन | शान्तिको खोजमै मन अशान्त रहन्छ |

सबैमा अशान्तिको स्रोत एकै हुँदैन | केही स्रोत बाह्य हुन्छन् र केही स्रोत आफैभित्रका हुन्छन् | आधुनिक मनोविज्ञानले बाह्यस्रोतका अशान्तिलाई सम्बोधन गर्छ तर आफैभित्रबाट उत्पन्न हुने अशान्तिलाई सम्बोधन गर्दैन | यदि हाम्रो अशान्तिको स्रोत आध्यात्मिक-खोज हो भने हामीले आफ्नो अन्तर्जगतमा खोज्नुपर्छ |

मानसिक तथा बौद्धिक (Mental and Intellectual) प्रश्नहरूका कारणले सृजित अशान्तिको उत्तर वाहिर खोज्न भन्दा भित्र नै खोज्नुपर्छ | मानसिक अशान्तिको स्रोत बाह्य जगत (Outer phenomena) हुन सक्छ तर आध्यात्मको विकास बौद्धिक विश्लेषणपछि मात्र हुन्छ | तेसैले आध्यात्म-जगतबाट (Spiritual level) उत्पन्न भएका अशान्तिहरू आध्यात्मकै तहमा खोज्नुपर्छ |

शारीरिक आवश्यकताको तहबाट उत्पन्न अशान्ति शरीरकै तहबाट, प्राणको तहबाट उत्पन्न भएको अशान्ति प्राणकै तहमा, मनको तहबाट उत्पन्न अशान्ति मनको तहबाट, विज्ञान (बौद्धिक)तहबाट उत्पन्न बौद्धिकतहबाट समाधान गर्ने प्रयत्न गर्नुपर्छ | आनन्दमय जगतमा सबै अशान्तिहरूका स्रोतहरू समाप्त हुन्छन् |

आनन्दमयतहमा प्रवेश गर्ना साथ शरीरक, प्राणगत, मानसिक तथा बौद्धिकतहबाट उत्पन्न भएका अशान्तिका स्रोतहरू सधैंका लागि समाप्त हुन्छन् | शरीर, प्राण, मन र बुद्धिका रूपमा साधारण देखिने मान्छे आनन्दमय अवस्थामा उन्मत्त हुन्छ | अरूको नजरमा बुद्धुजस्तो देखिने, बुझिने भए पनि संसारका सबै अवस्थाहरू वारे पूर्ण जानकारी (Total Aware) भएर पनि उसको व्यबहार विन्दास देखिन्छ |

आध्यात्मिक अशान्तिको स्रोत जीवन-जगत र आत्माको सम्बन्ध विषयक समस्याको समधान र विश्वमा आफ्नो अस्तित्वको अर्थ जान्नेबाट उत्पन्न हुन्छ | मैले आफ्नो अस्तित्वको अर्थ प्रयोजन बुझेको पलदेखि ममा अनन्य शिवको अनुभूति भएको छ | म सामान्य भएको छु र संसारले उत्पन्न गरेका असंख्य विविधताहरू धेरैअंशमा तिरोहित भएका छन् | फलत: संसारका घटनाहरूले मेरो “म”मा कुनै प्रभाव पार्न सक्दैन | मेरो खुसीमा म सबैभन्दा सुखी छु | म शिव छु किनभने मैले शान्तिको स्रोत प्राप्त गरेको छु |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षामा परिवार

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार

पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियाको चान्टिलीमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ