धनसम्पत्ति, ठूलो पद तथा प्रतिष्ठाले मात्र पतिपत्नीको दाम्पत्य जीवन पूर्ण र सुखद हुँदैन



डा. गोविन्दशरण उपाध्याय ।
आशाको विरोधी शब्द निराशा हो | निराशा कसैको लक्ष हुँदैन | आशा (expectation) आफैमा लक्ष होइन तर विश्वका ९९% मान्छेहरू आशामा जीवित छौँ | नेपालीमा आशालाई आस भनिन्छ | भविष्यमा जीवनको आस, परिवारबाट सहयोगको आश, पतिबाट मायाको आश र छोराछोरीबाट सुरक्षा तथा मायालुपनको आश, भविष्यमा “सुख”को उपलब्धि हुनेछ भन्ने आश र भोली पनि सूर्योदय हुनेछ भन्ने आश नै जीवनको वास्तविकता हो |

आश (Expectation) एउटा मानसिक प्रकृया हो जसले वर्तमान जीवनमा जीउन, व्यबहार गर्न र वातावारणसंग संयोजन गर्न ऊर्जा मिल्छ | दाम्पत्य जीवनमा पनि एकआपसमा दम्पतीले आश गरेका हुन्छन् | आफुके गरेको आश पूरा हुँदा दाम्पत्य जीवन सरल र स्वस्थ्यकर हुन्छ, आश पूर्ण नहुँदा जीवन अलि खल्लो हुन्छ | आशाको डिग्री हेरेर तेसको बस्तुगत समाधान खोज्नुपर्छ |

सबै आश पूरा हुंदैनन् | एउटी २० वर्षे ठिटीको आशामा कल्पना हुनसक्छ तर एउटा ४० वर्षे व्यक्तिका आशामा कल्पना भन्दा वास्तविकता बढी हुनसक्छ | नवविवाहित दम्पतीका आशाहरूमा र १० वर्षको विवाहित जीवन विताएका दम्पतीका आशाहरूमा फरकपना हुन्छनै | तर बृद्ध दम्पतीमा समेत प्रेम, सहयोग, दया, समनानुभूति प्राप्त गर्ने आशा रहन्छ | दाम्पत्यमा एकआपसी सहयोग र प्रेमको अभाव भएपछि जीवनमा निराशाको राज्य हुन्छ |

पतिले पत्नीसंग र पत्नीले पतिसंग अपेक्षा अर्थात् आस गर्नु स्वाभाविक हो | संसारको जुनसुकै कुनामा, जुनसुकै धर्म मान्ने, संस्कृतिका र भाषा बोल्ने दम्पतीहरूको एकआपसी आस भनेको प्रेम, सद्भाव, सुरक्षा र सहकार्य अथवा सहयोग नै हुन्छ | तेस बाहेक अपेक्षाहरूको “हाइरार्की” हुन्छ जुन अत्यावश्यक भौतिक आवश्यकतापूर्ति भएपछि क्रमशः बढ्दै जान्छन् | भोजनको आवश्यकता पुरा भएपछि सुरक्षाको चासो हुन्छ, सुरक्षाको चासो पुरा भएपछि प्रेम इत्यादि मानसिक (emotional support) सहयोगको चाहना बढ्छ, तेसपछि मानसम्मान र अन्तत: सन्तोष, पूर्णतामा सहयोगीको चाहना हुन्छ |

तर उपरोक्त सबै सैद्धान्तिक तत्थ्य हुन् | हाम्रो हुर्काइ, बुझाई, आर्थिकस्तर, सामाजिक तथा सांस्कृतिक परिवेशले आशामा विविधता हुन्छन् | तथापि व्याबहारिक स्तरमा एउटी गर्भवती महिलाले कार्यालयबाट फर्केको पतिले लप्सीको तितौरा ल्याईदिने आस गरेकी हुन्छिन् | तर पति भने हरेक दिन खाली हात फर्किन्छ | गर्भवती पत्नी हरेक दिन निरास हुन्छिन् | पतिले गर्भवती अवस्थामा चाहेको सामान्य (तर तेस बखत अत्यन्त बलवान्) चाहनालाई पूरा नगरेकोमा निकै खल्लो लाग्न सक्छ | वास्तवमा, गर्भवतीका लागि तेस बखत अमिलो नै महत्वपूर्ण हुन्छ | एतिबिध्न सामान्य चाहना पूरा नगर्दिने पतिप्रति उनी निराश हुनसक्छिन्, दाम्पत्य नै प्रभावित हुन सक्छ |

४३ मनोज एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्छन् र आर्थिकस्तर पनि राम्रो छ | पतिपत्नी मिलेर आफ्ना दूईवटा बालबालिकाको हेरविचार गर्छन् | कार्यालयमा निकै काम हुन्छ | धेरजसो उनी थाकेर घर फर्किन्छन् | उनीहरू आउँदा पत्नीले एक कप मीठो चिया दिए हुन्थ्यो भन्ने आश गर्छन् तर पत्नी फेसबुक वा टेलिभिजनमा व्यस्त हुन्छिन् | दुईचार चोटी उनले पत्नीसंग आग्रह गरे तर पत्नीले खासै वास्ता गरिनन् | आफ्नी पत्नीको हातबाट एककप चियाको सामान्य चाहना पूरा नहुँदा मनोजमा निकै निराशा उत्पन्न भयो | उनी प्रत्यक्षत: पत्नीलाई केही भन्दैनन् तर पत्नीप्रति मन दुखेको अनुभव गर्छन् |

उपरोक्त दूवै चाहनाहरू अत्यन्त सामान्य खालका बुझिन्छन् तर समय, परिस्थितिले ती चाहनाहरू निकै महत्वपूर्ण हुन्छन् | पतिपत्नी बीचका अधिकांश समस्याहरूको उठान विन्दू अत्यन्त सामान्यतहको आश हुन्छ | यदि एस्ता आसहरूलाई समयमा प्रेम बुद्धिमानी पूर्वक पूर्ण गर्न सकिएन भने कालान्तरमा दाम्पत्य जीवन असामान्य बन्न सक्छ | शरीर, मन, बुद्धि, र सम्मान सम्बन्धि चाहनाहरूका विषयमा हामी सजग हुनुपर्छ | धेरैजसो पतिले पत्नीसंग र पत्नीले पतिसंग असम्भव चाहना गर्दैनन् | थोरै जीवनसाथीले असामान्य चाहना गर्छन् र त्यो पुरा नहुँदा दाम्पत्य जीवन कै अन्त्य हुन्छ | आस पूरा नहुँदा दाम्पत्य जीवनको अन्त्य गर्ने चलन पश्चिमा जगतमा संस्थागत भएको छ |

नेपाली समाज अझैं पनि निकै परम्परागत छ | स्वभाविक रूपमा नेपाली दम्पतीहरूको दाम्पत्य जीवन स्थिर छ | हामी दम्पतीहरू पश्चिमाशैलीमा आस व्यक्त गर्दैनौं तर “तीजमा श्रीमतीले एउटा नयाँ सारीको आस गरेकी छन्, मैलेत्यो आस पूरा गर्नु कर्तव्य हो” भन्ने चेतना हाम्रा लोग्नेहरूमा पाइन्छ भने “मलाई माया गर्ने पतिको लागि ब्रत बसेर उप्रति मैले धन्यवाद प्रकट गर्नुपर्छ” भन्ने चेतना स्वास्नी मान्छेमा पाइन्छ | मौन रहेर एकअर्काको चाहना पूर्ण गर्ने एस्तो अद्वितीय परम्परा हिन्दू समाजमा छ | यो हाम्रो गौरव हो |

आसलाई यथोचित सम्बोधन गरेर दाम्पत्य जीवन अझैं सुखद बनाउन कमसेकम पतिपत्नीले हप्ताको एकपटक एकअर्काको चाहना वारे सोधपुछ गर्नुपर्छ | मैले निवेदन गरिसकें धेरैजसो जीवनसाथीका आसाहरू एकदमै व्याबहारिक हुन्छन् | धेरैजसो पूरा गर्न सकिन्छन् र नसकिने आस वारे नयाँ योजना बनाउँन वा तेस्तो आस छोड्न सहमति बन्न सक्छ | एसो हुँदा दाम्पत्य जीवन निराशा हुँदैन | एकआपसी सहमति बढ्छ र एकअर्कामा मायालुपन बलियो हुन्छ |

धनसम्पत्ति, ठूलो पद तथा प्रतिष्ठाले मात्र पतिपत्नीको दाम्पत्य जीवन पूर्ण र सुखद हुँदैन | एकआपसका स-साना चाहनाहरूको सम्मान गर्ने दम्पतीहरू शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिकरूपमा प्रसन्न र स्वास्थ्य हुन्छन् | तेसैले हरेक दम्पतीले आफ्ना जीवनसाथीका आसहरूको सम्मान गर्नुपर्छ र पूरा गर्न नसकिने आसहरूलाई सहमतिपूर्वक त्याग्नु पर्छ भविष्यको योजनामा स्थानान्तरण गर्नुपर्छ |
यो लेख पढेपछि तपाईंले आफ्ना पति वा पत्नीसंग के आस गर्नुभएको छ, एक्लाएक्लै एकअर्कालाई नदेखाई एउटा सूचि निर्माण गर्नुहोस् |
अनि, तपाईं किन निराश हुनुहुन्छ ती निराशाहरूको पनि एउटा सूचि बनाउनुहोस् |

अव एकदिनको लागि नगरकोटको भ्रमणमा जानुहोस् | एउटा होटलमा संगै भोजन गर्नुहोस् | अन्त्यमा, कुनै प्राकृतिक सुन्दरता भएको ठाउँमा एकान्तमा बसेर “शान्ति र धेर्यतापूर्वक” आफुले बनाएको सूचि पढ्नुहोस् |  बधाई छ, अव तपाईंको दाम्पत्य जीवन तपाईहरूको लागि निकै मायालु, विश्वासिलो र अर्थपूर्ण हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसदमा देखाइदिन उपप्रधानमन्त्री

मार्सल लगाएर राष्ट्रपतिलाई धन्यवाद

  काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही जेठ १ गते

प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी(भिडियो)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको

संसदीय समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षीको असहमति कायमै

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको