परिवर्तनको पक्षमा काम गर्ने हो भने ज्येष्ठ सदस्यहरू चाणक्यको भूमिका लिन दत्तचित्त हुनुहोस्



अमृत खरेल ।

नेपालमा किन हरेक क्षेत्रमा यथास्थिति छ भनेदेखि शासन सत्ता मात्र नभई सामाजिक संरचनाको हरेक तहको नेतृत्वमा ओगटेर ज्येष्ठ नागरिक महानुभावहरूले जबर्जस्ती ढंगले अघिल्लो पुस्तामा जन्मिएकै एक मात्र कारणलाई लादेर समाज र सिंगो राष्ट्रलाई कज्याइरहनु भएको छ।
यो नै समय अनुसार चल्न र नयाँ सोच विचार र तरिकालाई अपनाउन नचाहने एउटा जबर्जस्त रूढिवादी कुसंस्कार हो।
परम्परागत दृष्टिकोण कार्यशैली र सोच छ जतासुकै। ज्येष्ठता र अनुभव भएका आदरणीय मान्छेहरू सल्लाहकारको भूमिकामा सन्तुष्ट हुने प्रवृत्ति छैन।

नेपाल मात्र नभई तेश्रो विश्वकै यो समस्या हो। कार्यकारी हैसियतमा नै रमाइरहन चाहने ज्येष्ठ सदस्यहरुले समाजको नयाँ खालका समस्याहरू पुस्तान्तरणका कारणले बुझ्न सक्दैनन् वा चाहँदैनन्।
एक प्रकारको वृद्ध हठताको ग्रन्थि विकसित भएको हुन्छ। हामी यत्रो काम गरेर संसार देखेर भोगेर आएका लाई यो केटो यो केटीले सिकाउने भन्ने भाव रहन्छ।

त्यसैले मुखले युवा युवा जे भनेपनि युवा नेतृत्व स्वीकार्न वृद्धजन तयार छैनन्।
30 वर्षको ठिटोलाई प्रतिस्पर्धी ठानिरहेको हुन्छ साठी वर्षे कथित युवानेता। तर को अब्बल भन्ने सापेक्षतामा हेर्न पर्ने हुन्छ। साठी सत्तरीकाले आफू तीस वर्ष हुँदा जति ज्ञान र अनुभव थियो त्यो भन्दा बढी अहिलेको तीस वर्षेसंग छ भनेदेखि त्यो तीस वर्षेको नेतृत्व स्वीकार गर्नुपर्ने हुन्छ। त्यो स्वमूल्यांकन जेष्ठ नागरिकहरूले गर्नुपर्छ।

यदि अहिलेको वृद्धजनसंग भन्दा ज्यादा प्रभावकारी ज्ञान र सीप छ युवासंग भने त्यसलाई अस्वीकार गरिनुहुँदैन। हाम्रो पूर्वीय सभ्यतामा ज्ञान पूजित हुन्छ।
बालक ध्रुवले पाँच वर्षमा ज्ञान प्राप्त मोक्ष प्राप्त गरे ध्रुवलोक प्राप्त गरे। किशोर अष्टावक्रलाई राजर्षि जनकले गुरु थापे। बालक प्रल्हादको ज्ञान सामु पिता हिरण्यकशिपू लाचार भए। ज्ञानी कपिलले आमाबाबुलाई नै ज्ञान दिए। बालक कृष्णको नेतृत्व स्वीकार गरे जनजनले राजा कंसको सट्टा। पृथिवी नारायण शाहदेखि जंगबहादुरले पनि युवाकालमै बहादुरीसाथ नेतृत्व गरे।

तर अहिले कथित लोकतान्त्रिक भनिएको समाजमा सोच के विधि धमिरा लागेर बुढो भएको? समाजमा सम्पत्ति सम्बन्ध हेर्ने हो भने पचास कटेका मान्छेहरूसितै असी प्रतिशत भन्दा बढी अचल सम्पत्तिको स्वामित्व पनि छ। तीस वर्ष मुनिका आम युवालाई सम्पत्ति स्वामित्वको अधिकार र व्यवहारमा पनि निर्णय गर्न दिने चलन छैन। यसैले नेपालमा अधिकांश युवाहरू भूमिहिन, सम्पत्तिविहिन त छँदैछन्, उनीहरूको सोच, ज्ञान र सिपलाई स्वीकार गर्ने अवस्था पनि छैन।

जहाँसम्म अहिले देशमा देखिएका विकृतिहरू छन् त्यसको नब्बे प्रतिशत जिम्मा पचास वर्ष कटेकाले लिनुपर्ने हुन्छ। बाँकी जिम्मेवारी क्रमशः पछिल्लो पुस्ताकाले लिने हो।

अझ कुनै सुधारको कुरा आयो भने पनि फेरि यही उमेरजन्य जेष्ठताको पिरामिड निर्माण गरेर औपचारिकता सुरु गरिन्छ। यो ज्याद्रो यथास्थितिवादी सोच रहेसम्म वृद्धजन नेतृत्वको कुनै सुधारको अभियानले समाजमा कुनै लछारपाटो लगाउने देखिँदैन।
अग्रज ज्येष्ठ वृद्धजनप्रति सँधै मेरो सम्मान छ तर अभिभावकत्व र सल्लाहकारको भूमिकाभन्दा ज्यादा कार्यकारी भूमिका खोज्ने लुब्ध जेष्ठको कुनै अर्थ छैन।

परिवर्तनको पक्षमा यदि काम गर्ने हो भने ज्येष्ठ सदस्यहरू चाणक्यको भूमिका गुरुको भूमिका लिन दत्तचित्त हुनुहोस् न। तपाईंका योजनालाई साकार तुल्याउन कार्यकारी चन्द्रगुप्तहरू तयार गर्नुहोस् न। अन्याथा दोर्णाचार्य र भीष्म पितामह जस्तो औपचारिकतावादको मात्र अनुशरण गरेर युवा पुस्ताको तिरस्कार गर्दै जोरी खोजिरहँदा आफ्नै नातिपुस्ताका अर्जुनहरूको वाणशैय्या बाहेक तपाईँहरूको गन्तव्य अन्यत्र हुनेछैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा