सैनिक आँखाबाट चीन र भारतको सीमा झगडा
प्रेमसिंह बस्न्यात ।
१ भारतको आन्तरिक एकता बलियो छैन । नर्थ इस्ट फ्रन्टियरका करिव ७, सिक्किम, पन्जाब, हैदराबाद, काश्मिर, जम्मु आदि राज्यहरु मौका मिल्यो भने भारतबाट अलग हुन चाहन्छन् । सिक्किममा म पाँच महिना अगाडि पुगेर राजनीति छलफल पनि गरें । यो भारतको लागि ठूलो कमजोरी हो ।
२ चीनको भने तिब्बत, हङकङ, सिन्जाङ लगायत केही क्षेत्र बाहेक अन्त एकता छ । आन्तरिक स्थिति बलियो छ । जसरी हुन्छ राष्ट्रिय एकता छ ।
३ भारतमा जातीय सेना बनाउनु गल्ती थियो । जातियताले गर्दा रेजिमेन्ट पल्टन बीचमा एकता छैन। अनी गोर्खा, जाट, सिख, लद्धाकी, डोग्रा बाहेक अरु जाति कातर छन् । भाषण, कलम, लेखमा उचालिन्छन् तर युद्धमा भागने संस्कार छ । यो अर्को कमजोरी हो ।
४ चीनको जातिय सेना छैन र कमान्ड कन्ट्रोल कडा छ ।
५ भारतमा रहेका युद्ध सामग्री विदेशमा निर्मित छन् । बिग्रेमा, थप ल्याउनु पर्दा प्राबिधिक समस्या पर्दा बाहिरी मुलुककै भर पर्नुपर्छ । हो भारतमा बनेका पनि छन् ।
६ चीनका हातहतियार देशभित्रै निर्मित हुन् । कुनै पनि देशले नाकाबन्दी गरे पनि फरक पर्दैन ।
७ पटक पटक दुश्मनसँग हार खाएपछिको हारेको इतिहासले गर्दा फौजको मनोबलमा फेरि युद्ध हुँदा जित्छु भन्ने हुन्न । यो भारतीय सेनामा धेरै छ ।
८ चीनको छिमेकीसँग सीमा अन्य विवाद नगन्य छ ।
९ भारतको छिमेकी कोहीसँग पनि असल मित्रता छैन । यो अर्को कमजोरी हो ।
अन्य :
१ मोदीजी र भारतीय सेनाले पाकिस्तानको रणनीतिलाई हेरेर सो स्ट्राटेजी सापट लिएको देखिन्छ । किनकीः धर्मले राजनीति चलाएको र सेनाले देश कन्ट्रोल गरेको छ पाकिस्तानमा । मोदीजीले पनि धर्म र सेनालाई महत्व दिएको देखिन्छ ।
२ बिशेष गरेर प्रधानमन्त्री मोदीजीले “हमरा भारत महान्“ ( बृहत भारतको सपनामा हिंडेर अली बढी नै महत्वकांक्षी भई विजेपीले सेनालाई फुक्र्याएको छ ।
३ पाकिस्तानी सेनाको मोजमस्ती राजनीतिमा पकड देखेर मोदी सरकारमा भारतीय सेना बढी महत्वकांक्षी बनेको छ । यो सेनाले अब पाकिस्तानी सेनाको जस्तो शक्ति लिने सपना बोकेको देखिन्छ । किनकी मोदी सरकारको पुलपुल्याइले सेनाकोबिरुद्ध उस बखतका प्रधानसेनापति र बर्तमान Chief of Defence Staff बिपिन रावतलाई संसदमै कांग्रेस आइका सदस्यले “विजेपी के सडकके गुन्डे“ भनेको पहिलो पटक देखियो ।
४ त्यो सेनामा चाहिँदै नचाहिने र पहिला सृजना गरेर त्यतिकै थन्क्याइएको Chief of Defence Staff मा धेरै दशकपछि पूर्वप्रधानसेनापति जनरल बिपिन रावतलाई अहिले शक्तिशाली बनाइ उनले वायु सेना, जल सेना र पैदल सेना माथि नचाहिंदो महत्वकांक्षा सृजना गराएका छन् ।
५ बिपिन रावतको पद राजनैतिक नियुक्ति हो । तर जंगी पोसाक लगाउँछन् र प्रधानमन्त्रीसँग हिंडेका हुन्छन् । यो बिजेपीको “झोले झन्डे“ ले पाउने पद हो । नेपालका श्री ३ महाराजको १०० औं जर्नेल हुन्थे । ति मध्ये विश्वासिलो श्री ३ को “हजुरिया जर्नेल“ हुन्थे । अहिले बिपिन रावत मोदीजीका “हजुरिया जर्नेल“ हुन् । बिपिन रावतले “मोदी महान्“ गराउन अहिले भारतीय प्रधानसेनापति जनरल नरभानेलाई सैनिक मर्यादा बाहिरका काम गर्न उक्साइरहेका छन् । यो बिपिनको उक्साहटमा अहिले सेनाले आफ्नो हैसियत भुलेको छ ।
६ जहिले पनि सेनामा स्ट्राटेजिकल, अपरेसनल र ट्याक्टिकल लेभल हुन्छ । माथिल्लो तहको कमान्डरको मनसाय बुझेर जमिनमा रहेका ट्याक्टिकल कमान्डरः कर्नेल, मेजर, कप्तान, सुबेदार, हवल्दारलगायतले तक्मा, पुरुस्कार पाउन उश्रृंखल काम पनि गर्छन् । जसको पारीणाम हो लद्दाखमा भएको घटना ।
७ भारतीय सेनाले सिभिल मिडियामार्फत आफ्नो कमजोरी छोप्ने गरेको देखिन्छ । यो राजनैतिक चाल हो । किनकी सरकारलाई असफल नदेखाउन । हैन भने फटाहा कुरा प्रसारण हुँदा पनि सेना चुप देखिन्छ । यो कुरा अमेरिकी सेना, युरोपियन सेना लगायतले बुझेका छन् । वास्तवमा अमेरिकाले भारतमाथि युद्धमा भरोसा गर्न सकेको छैन । बरु पाकिस्तानी लडाकु भएकाले उसले पाकिस्तानलाई छाड्दैन । १९४७ अगाडि पनि ब्रिटिशले भारतमा करिब ७० प्रतिशत मुस्लिम सेना राखेको कारण लडाकु भएरै हो ।
८. वास्तवमा भारतीय दिमामी, बुद्धिमान, कलमजिवी, परिश्रमी छन् । तर थोरै मात्र “सहास र मुटु“ भएका छन् । माथिका भनाइहरुले मैले भारतलाई होच्याउन खोजेको पटक्कै होइन । मेरा सैनिक अनुभव हुन् । अर्कोतिर चीनको बारेमा त्यति थाहा पनि छैन ।
धन्यवाद।