वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ । खतिवडा संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार गत फागुन २० गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानका ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रतिवेदनअनुसार सरकार र पार्टीका अघि बढाउन कार्ययोजना बनाएर अध्यक्षद्वयले बैठकमा पेश गर्ने जिम्मेवारी दिएको र नेकपा महाधिवेशमा केन्द्रित हुने जानकारी उनले दिए ।

बैठकले बागलुङ जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ ।

यस्तै पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था र यसको निराकरणका लागि सरकारले गरेको प्रयासका बारेमा पनि जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केपी ओली नेपालले विरलै प्राप्त गर्न सक्ने एक राजनेता होः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधान एवं अर्थमन्त्री हुन्

सुपर ओभरमा पोखराको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर

महानगरका जनप्रतिनिधि भन्छन्-राजधानीको सवारी ‘जाम’ कम गर्न पनि टुकुचा कोरिडोर खुलाउनुपर्छ

काठमाडौँ । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर

यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेगरी काम गर्छौंः अर्थमन्त्री पौडेल(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधान एवं अर्थमन्त्री हुन्