आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालनमा रोक लगाउने सरकारको निर्णय



काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदौभर रोक लगाएको हो ।

यसअघि भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौभर लब्याएको एक मन्त्रीले जानकारी दिएका छन् । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ।

त्यस्तै बैठकले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ। ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।  राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् भने ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ