पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालका उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं र धनुषाका एक/एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुष र साउन २५ गतेदेखि पाटन अस्पतालमा भर्ना धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।