काठमाडौं उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८०,०२६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,४१४ जना रहेका छन् । आइसोलेसनमा १३,१५५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आइतबार थप २८१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८,६३१ पुगेको मन्त्रालयले जनाएको छ । ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षका पुरुषको, पर्साका ५६ वर्षकी महिला, सर्लाहीकी ३३ वर्षीया महिला तथा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५१ पुगेको छ ।

कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार