विश्व स्वास्थ्य सङ्गठनले भन्यो-कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्षसम्म लाग्न सक्छ



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन् ।
शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ’स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए ।

तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस कम समयमा नियन्त्रणमा आउन सक्ने उनले बताए।

‘पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,’ उनले भने। ‘तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।’

सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए । हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन् । टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई)सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई अपराधको सङ्ज्ञा दिए । कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने उनले बताए ।

‘तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि