पोखरास्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण



पोखरा । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या एक हजार ८१२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय