काठमाडौं उपत्यकामा २०५ सहित थप १,०१६ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०१६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,०१६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,४६१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३,९२६ जना छन् । आइसोलेसनमा १०,५६३ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ८५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,५८० पुगेको मन्त्रालयले जनाएको छ ।मंगलबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ