सत्तारुढ नेकपाको सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको  कार्यदललाई सकारात्मक रुपमा लिँदै अनुमोदन गर्ने निर्णय गरेको हो । पार्टीमा देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वयले दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ।

.राष्ट्रका लागि पार्टी र सरकार सञ्चालनका सवालमा कार्यदलले दिएको सुझावलाई प्रभावकारी ढंगले काम गर्न दृढताका साथ सहयोग गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी र सरकार भित्र देखापरेको समस्याको समाधान र संकटलाई समाधान गर्न कार्यदल गठन गर्नु उपयुक्त भएको र कार्यदलले दिएको सुझावसहित छिटोभन्दा छिटो समस्या समाधान गर्ने निष्कर्ष बैठकले निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलले दिएको सुझावलाई आधार मानि पार्टी एकताको महाधिवेशनमा जाने गरी तयारी गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो । अध्यक्षद्वयले गठन गरेको कार्यदललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने बताउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज