दुई अध्यक्षका बीचमा विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेचमा नलागेकै राम्रो



सूर्य थापा ।

पार्टी एकता र सहमतिकाे प्रक्रिया जे जसरी भए पनि अघि बढ्नु स्वयंमा निकै खुशीकाे कुरा हाे । यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासाे र भ्रर्त्सना गरेकाे स्वीकार्य हुन सक्दैन । केही अघिसम्मकाे चार जनाकाे माेर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिंदै जानु सकारात्मक संकेत हाे ।

दुई जना अध्यक्षबीचकाे समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाकाे हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हाे । विधि, पद्दति र संस्थागत कार्यपद्धति पनि यही हाे ।

दुई जना अध्यक्षका बीच विवाद र अविश्वास बढाएर आफ्नाे स्वार्थसिद्ध गर्ने दाउपेचमा काेही संलग्न भएर आफ्नाे इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकै राम्राे हाेला ।

पार्टीमा सहमति, एकता र पारस्परिक सम्मान बढाउने हरेक सकारात्मक प्रयत्नमा सके खुला दिलले सहयाेग गर्न अग्रसर भए हुन्छ, नसके आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेलमा सक्रियता नदेखाउनु नै समयाेचित र उपयुक्त कदम हुनेछ ! चेतना भया !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा