अब औषधि खोइ, भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छः स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताएका छन् ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री ढकालले सरकारले कोरोनाविरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् । उनले कोरोनालाई राजनीतिक प्रतिशोधको विषयबस्तु बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पीसीआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ, भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ ।’ सरकार सकारात्मक आलोचन ग्रहण गर्न तयार रहेको भन्दै मन्त्री ढकालले विरोध गर्नेहरुले समस्याको निकास भन्दा असहजता चाहिरहेको बताए ।

उनले आफू निष्ठाको राजनीति गर्ने भएको हुँदा भ्रष्टाचारबारे कल्पना पनि नगर्ने बताए । उनले भने, ‘जुन दिनसम्म राजनीति गर्छु । त्यो दिनसम्म म पैसा कमाउन लाग्दिन्, कमाउन लागेको दिन अब मैले राजनीति छाडें, कमाउन लागें भनेर सन्यास लिन्छु ।’ मन्त्री ढकालले कसैको केही नखाइदिएको भएर आफूविरुद्ध नियोजित षड्यन्त्र गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : पर्यटनमन्त्री पाण्डे

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौं  । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन

प्रधानमन्त्रीको प्रश्नः राष्ट्रिय गौरवका आयोजनालाई गति दिन के-के गर्न सकिन्छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस, ३० वर्षे सेवाअवधि हट्ने

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण