काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा आइतबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,५१५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,०३८ जना रहेका छन् । आइसोलेसनमा ६,५४४ जना सक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आइतबार थप ४० जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६,३५३ पुगेको छ ।त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै