आफना लागि होइन, न्याय र न्यायालयको गरिमाका लागि काम गरौँ



डा. युवराज संग्रौला ।
न्यायको शुद्धिकरण र न्यायपालिका सुदृढीकरणको अभियान रोकिनेवाला छैन । खुसीको कुरा हिजोबाट नेपाल बार एसोसियसन पनि साथमा छ । नेपाल बार एसोसियसन सबै कानुन व्यावसायीको साझा संगठन हो र यो न्यायकै लागि स्थापित संस्था हो । हामी केही कानुनका शिक्षकहरु र कानुन व्यावसायिहरुको पहलमा पहिलो बैठक बसी अब पनि केही गरिएन भने न्याय र न्यायपालिका दुबै मर्ने छन् भन्ने निष्कर्ष निकाली, अस्ति बुधबार नेपाल बारलाई बुझाउने घोषणापत्र तयार पारी बिहीबार बारका अध्यक्ष बरिस्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र कार्यसमितिलाई बुझाइएको हो । यो अभियान अब झन् सशक्तढङ्गले अगाडि बढ्ने छ ।

तर यस्ता अभियानमा अनेक चुनौती आउँछन् । बुधबार घोषणापत्र बुझाएपछि सबै कानुन व्यवसायी साथीहरुलाई छलफलमा भाग लिन दिने मान्यता बनेको थियो । तर हिजो भाषण प्रतिस्पर्धा चल्यो। लाग्यो यो अभियान केही साथीहरूको अह्वानमा हामी अरु सबै पिछुवा हिडेका थियौं । मेरो संलग्नता जनताको न्यायका लागि हो, वकिललाई बहसका लागि सजिलो पार्न र मुद्दा जित्ने अवसर प्रदान गर्न होइन। जनताले न्याय पाउने अवस्था सिर्जना हुनुपर्छ। गरिबका लागि अदालत न्याय पाउने ठाउँ बन्नु पर्छ।

न्याय न्याय जस्तो हुनु पर्छ । न्याय न्याय जस्तो हुन वकिलहरुमा पनि सुधार हुनु पर्छ । तीन दिनको छलफलमा हामीले वकिलका कमजोरीहरुको बारेमा छलफल राम्रोसँग भएन । अदालतमा गोजिका, पार्टीका र पैसाका न्यायाधीश आए । थोरै राम्रा मानिस पनि आए । तर जिल्लामा लामो समयदेखि राम्रो न्याय गर्ने न्यायाधीश माथि आउन सकेनन् । नियुक्त भएका थुप्रै वकिल न्यायाधीशहरुकै बारेमा विवाद छ । यसले पनि देखाउँछ वकिलहरु पनि सबै गतिला छैनन् । बुधबारको भेलामा न्याय क्षेत्र सुधार होला भनेर युवा वकिल र विद्यार्थी पनि आएका थिए । बारमा घोषणापत्र एकजनाले सुनाएपछि, सबै साथीहरूले थोरै समय लिँदै बारलाई कुरा राखौं र बलियो बनाउँ भन्ने सहमति थियो । तर शम्भुजीले झन्डै आधा घण्टा भाषण गर्नु भयो । त्यपछि हरिजीले भाषण गर्नुभयो । त्यसपछि हरिहर दाइले । के हामीलाई नेतृत्व चाहिएको हो ?
म न्यायपालिकाको सुदृढीकरण र न्यायको शुद्धिकरणका लागि बोलेको हो । मलाइ केही चाहिएको छैन । मलाई मैले इजलासमा उभिँदा न्यायमा आस्था हुने अवस्था चाहिएको हो । त्यसैले यो आन्दोलन रोकिन्न । बारलाई साथ लिएर जाने हो, म प्रष्ट छु । बारले नेतृत्व गर्छ भन्ने मलाई विश्वास छ । बारले नेतृत्व गरेन भने पनि अभियान आगाडी बढ्छ । तर मलाई नेता हुनु छैन । मलाई न्यायाधीश हुनु छैन, मेरो पढाउने पेशानै मलाई प्यारो छ । मलाई बारको अध्यक्ष हुनु छैन । मलाई कुनै पार्टीले सांसद देओस् भन्ने चाहाना पनि छैन । तर अब गौरब लाग्ने न्यायपालिका चाहिन्छ ।

तर के जे देखाइयो हिजो त्यही पाराले पाइन्छ त्यो न्यायालय ? पाइँदैन।
१. हामीले तीन जनाको मस्यौदा समूह बनाएका थियौं, तर कतिबेला कुन समयदेखि कार्यदल भयो ? त्यसो भएको मैले थाहा नै पाइनँ ।

२. म छलफल गरेर निकास खोज्न गएको थिएँ, तीन घण्टाकोको भाषण सुन्न बाध्य भएँ ।

३. पचासौं जनाको बिचार टिपोट गरेर घोषणापत्र तयार भएको थियो, तर तीन जना साथीहरूको गुणगान सुनेपछि बाँकी अरु त जन्तीमात्र रहेछन् भन्ने अनुभूति भयो । कसैले सही नगर्ने नाम नलेख्ने भनेको थियो नि होइन र ? त्यसो हो भने त्यो सबै मेहनत तीन जनाको मात्र किन भनिएको हो ।

यस्ता पाराले अभियान चल्दैन । म प्रतिबद्ध छु र यो अभियानलाई निरन्तर अगाडि लानुपर्छ भन्ने चाहन्छु । देशभरिका बार र कानुन व्यावसायीहरुलाई गोलबन्द गरेर भ्रस्टाचारको विरुद्ध अगाडी जानू पर्छ भन्ने मान्यता राख्छु । यस अभियानलाई बौद्धिक र तार्किक बिमर्शको रुपमा विकास गर्नुपर्छ भन्ने मेर बुझाइ छ । यसमा राजनीति भन्दा पृथक राखरे जानू पर्छ भन्ने मेरो मान्यता छ । म अगाडि भन्छु चित्त नबुझेको कुरा । हिजो भाषणका लागि अनुरोध गर्दा शम्भुजी भाषण होइन भन्न सक्नु पथ्र्यो । सबै साथीहरूलाई आफना बिचार राख्न दिनु पथ्र्यो । तपाइँहरुमा त्यति त्याग हुनुपथ्र्यो ।

यदि यो अभियान यतिकै लागि थियो भने म त्यसमा आजबाट संलग्न हुन्न । म अनुरोध गर्छु, आफना लागि होइन न्याय र न्यायलयको गरिमाका लागि काम गरौँ । तपाइँहरुको उद्देश्य पूरा भएको हो भने हामी कानुका शिक्षक जसलाई सधैं हेपिएको छ, मञ्चमा बोलाउँदा दस बर्ष अगाडिका भूपू सदस्यको पद पछाडि राखिन्छ, र कानुनका विद्यार्थीहरु अगाडी आउनेछौं। हामी लोभले होइन न्यायापालिकाको भविष्यका लागि आउने छौं। कुनै नेता वा ठूला मानिसको आदेश मान्ने छैनौं । साथीहरूको आलोचना होइन यो, यो प्रवृत्ति को बिरोध । म अभियानमा छु यो मेरो प्रतिबद्धता व्यक्त गर्छु । यो अभियान हो त्सैले नेता कसैलाई मान्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष