काठमाडौं उपत्यकामा १०६ सहित थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,९२६ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा १०,२०७ जना छन् । आइसोलेसनमा ६,३३० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रबार थप ४२५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५,८१४ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ७० पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिले संसददेखि अदालतसम्म ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय

यस्ता छन् पुस ९ गतेको मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको

‘सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धा रोकौँ’

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा