‘यी सबै  नियत भन्दा पनि राज्य संचालनमा अनुभवको कमीको आधारमा भएका थिए’



केशवप्रसाद भट्टराई ।

नेहरू वा पटेलले नेपालको स्वतन्त्रतालाई अस्विकारगर्ने कुनै नियत राखेको कुरालाई कुनै दस्तावेजले वताएको छैन I
राजा त्रिभुवन वा मातृकाप्रसादले नेपाललाई भारतमा मिलाउन सकिने कुरा गरेको पनि कुनै दस्तावेज छैन I
भए बाहिर आइसकेको हुन्थ्यो I
नेपालसँग नभए पनि भारतसँग त्यो दस्तावेज हुन्थ्यो र सार्वजनिक भइसकेको हुन्थ्यो I
लामो समय देखि स्वतन्त्र राष्ट्रको रूपमा नेपालको अस्तित्व अविछिन्न रहेको छ भन्ने बारे नेहरु र पटेल दुवै राम्रो जानकारी राख्दथे I
त्यसमाथि भारत स्वतन्त्र हुनु अघि नै बेलायत र अमेरिकासँग नेपालले दौत्य सम्वन्ध स्थापना गरिसकेको थियो I

नेहरू वा पटेलले चाहेको भनेको नेपाल र भारत सुरक्षा र परराष्ट्र मामिलामा निकट सहकार्य गरुन भन्ने मात्रै हो I
भारत त्यतिखेर नेपाललाई गाभ्न चाहन्थ्यो भने १९५०मा आफ्नै पहलमा नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता स्वीकारेको सन्धि गर्दैनथ्यो I
कुनै सन्धिले नेपालको सार्वभौम सत्तालाई स्वीकार गरेको पहिलो दस्तावेज हो त्यो I

नेपाली काङ्ग्रेस वा अन्य कुनै दल वा समूहको नेताहरूले पनि त्यस्तो कुनै निर्णय गरेको वा प्रस्ताव पास गरेको अभिलेख छैन I
भारतमा अङ्ग्रेज सरकार र नेपालमा राना शासन हुँदा दुवै देशको सरकारको आलोचना गर्ने क्रममा नेपाल भारतको प्रशासनिक इकाई जस्तो मात्र देखिएको स्वतन्त्र मुलुकको हैसियतमा देखिन नसकेको अर्थमा नेपालको स्वतन्त्रता र प्रभुसत्ताको स्थापनाको औचित्य बुझाउने अर्थमा त्यस्ता अभिव्यक्ति संचार माध्यममा आएका थिए I

नेपालको तत्कालिन अवस्था त सात सालपछाडिको केही समय नेपालको मन्त्री परिषद्को बैठकमा भारतीय राजदुत बस्ने आभ्यासले नै धेरै कुरा भन्छ I
यी सबै  नियत भन्दा पनि राज्य संचालनमा अनुभवको कमीको आधारमा भएका थिए I
र यो स्वयम् राजा त्रिभुवनलाई पनि बिझाउने गर्दथ्यो र नेहरूको नेपाल भ्रमणमा राजा त्रिभुवनको निर्देशनमा गौचर हवाई अड्डाबाट सिनामंगल, पुरानो बानेश्वर हुँदै डिल्ली बजार आइपुगेका नेहरूलाई नेपालका चौतारिया खलक, गुरूजु खलक र सर्वसाधारणले कालो झण्डा देखाएका थिए I
उनीहरूलाई त्रिभुवनको गोप्य निर्देशन थियो भनेर त्यो घटना बताउनेहरू शायद अझै छन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष